ट्युशन पढ्न घरमा बोलाएर ९ वर्षीया बालिकामाथि बलात्कार, शिक्षक पक्राउ

काठमाण्डौं— ट्युसन पढाउने वहानमा ९ वर्षीया बालिकालाई घरमै बोलाई बलात्कार गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन्।

भारतको दार्जीलिङ घर भई २ वर्षदेखि लमजुङको बेंसीसहर नगरपालिकास्थित एक निजी विद्यालयमा पढाउँदै आएका ३६ वर्षीय मनीष गुरुङलाई प्रहरीले पक्राउ गरेको हो। शिक्षकलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाईएको प्रहरीले जनाएको छ।

ती शिक्षकले सोमबार बिहान आफ्नै कोठामा बोलाएर बालिकालाई बलात्कार गरेको आरोप प्रहरीले लगाएको छ। पढाई कमजोर भएको भन्दै उनले बालिकालाई पढ्नका लागि आइतबार घरमै बोलाएका थिए। सोमबार बिहान पनि बोलाएर बलात्कार गरेको खुलेको छ।

बालिका घरमा फर्केर शिक्षकले गरेको गतिविधिबारे जानकारी गराएपछि घट्ना सार्वजनिक भएको हो। त्यसपछि उनीविरुद्ध अभिभावकले सोमबार प्रहरीमा उजुरी दिएका थिए। उजुरीपछि शिक्षकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका लमजुङका इन्स्पेक्टर थानेश्वर चपाईंले वताए।

उनका अनुसार गुरुङले बालिकामाथि गरेको क्रियाकलाप स्वीकार गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट