आफनै श्रीमतीलाई ७२ अपरिचित ब्यक्तिबाट बलात्कार गराएका फ्रान्सेली नागरिक विरुद्ध मुद्दा

काठमाण्डौं– फ्रान्समा आफ्नै श्रीमतीलाई परपुरुषबाट बलात्कार गराएको आरोपमाा एक ब्यक्ति विरुद्ध अदालतमा मुद्दा चलेको छ। अनलाइन मार्फत अपरिचित पुरुषलाई घरमा बोलाएर एक दशकभन्दा वढि समयदेखि श्रीमतीलाई बलात्कार गराएको आरोपमा ७१ वर्षीय डोमिनिक पि विरुद्ध मुद्दा चलेको हो।

पीडित महिलाका नशालु पदार्थ खुवाएर बलात्कार गराईन्थ्यो। त्यसैले ती महिलाले आफु यौन उत्पीडन परेको थाहै नपाएको वकिलहरूले दावी गरेका छन्। प्रहरीका अनुसार ती महिलालाई ७२ पुरुषबाट ९२ पटक बलात्कार गराईएको खुलेको छ।

ती मध्ये ५१ अभियुक्तको पहिचान भईसकेको र पीडितका श्रीमानसहित उनीहरू विरुद्ध मुद्दा दायर गरिएको छ। पीडित महिलाले आफूलाई बलात्कार गरिएको कुरा पहिलोपटक सन् २०२० मा थाहा पाएकी थिइन्। यो जानकारी पनि उनलाई प्रहरीले दिएको थियो।

सेप्टेम्बर २०२० मा आरोपितलाई एक सपिङ सेन्टरमा तीन महिलाको आपत्तिजनक भिडिओ बनाउँदै गर्दा सुरक्षा गार्डले समातेको थियो। त्यसपछि प्रहरीले उनको कम्प्युटर जाँच ग¥यो। जसमा ती व्यक्तिकी श्रीमती बलात्कारका पनि धेरै भिडिओ र तस्बिर भेटिए। जसमा ती महिला अचेत अवस्थामा देखिएकी थिइन्।

यो अपराध घरमै हुने गरेको थियो। जुन सन् २०२० मा सुरु भएको थियो। अभियुक्तले घरमा बोलाउने पुरुषको उमेर २६ देखि ७४ वर्षको बीचमा थियो। वेबसाइटमा भएका च्याटको अनुसन्धानबाट डोमिनिक पीले अपरिचित पुरुषहरूलाई आफ्नो घरमै बोलाएर आफ्नी पत्नीलाई बलात्कार गर्न लगाएको पाइएको प्रहरीको दाबी छ।

अहिलेसम्म यसमा पैसाको लेनदेनको प्रमाण भने फेला नपरेको बीबीसीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट