२ नाबालिका छोरीलाई विष खुवाएर मारेपछि मःमः खाएर वेपत्ता भएकी आमा पक्राउ, मर्छु भनेर हिडेकी अस्मिता जिवितै

विराटनगर– मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित केरा बगानभित्र मृत फेला परेका २ नाबालिकाकी आमा अस्मिता कार्की पौडेल ५ दिनपछि जिवितै फेला परेकी छिन्।

२९ वर्षीया अस्मितालाई प्रहरीले बुधबार बिहान झापाको बिर्तामोड एरियामा फेला पारेको प्रहरीले जनाएको छ। बिर्तामोडस्थित सडकमै अस्वस्थ्य अवस्थामा फेला परेपछि उनलाई उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको छ।

उनी एकदमै कमजोर अवस्थामा फेला परेको जनाईएको छ। शुक्रबार राती उनले सँगै लिएर गएका २ नाबालिका छोरी भने शनिबार दिउँसो साढे ४ बजे मृत फेला परेका थिए। दुवै छोरीलाई उनले नै मारेको निस्कर्षमा प्रहरी पुगेको छ। तर, प्रमाणित भने गरेको छैन। अस्मिता सम्पर्कविहिन थिईन।

अस्मिता धनकुटाको पाख्रिबास नगरपालिका–४ डिकुरे घर भइ सुन्दरहरैँचा–७ मा बस्दै आएका ३१ वर्षीय अर्जुन कार्कीकी पत्नी हुन्। उनीहरु सुन्दरहरैँचा–७ मालती टोलस्थित दिदी सीता रेग्मीको घरमा बस्दै आएका थिए।

प्रहरीका अनुसार अस्मिताको माइती संखुवासभाको मुढेशनिश्चरे हो। ९ फागुन ०७५ मा उनीहरुले प्रेम विवाह गरेका थिए। उनीहरु बसिरहेको ठाउँमा नयाँ घर पनि बनाउँदै थिए। निर्माणाधीन घरमा पानी लगाउने विषयमा अर्जुनसँग अस्मिताको झगडा भएको थियो।

त्यसपछि उनी २ छोरीलाई लिएर हिडेककी थिईन। छोरीहरु १ वर्षीया आइका र ३ वर्षीया अर्पणा कार्की स्थानीय नारायण न्यौपानेको केराघारीभित्र मृत फेला परेका थिए। नाबालिकालाई आमाले नै विष खुवाएर मारेको आशंका छ।

उनी कसरी झापा पुगिन् भन्नेलगायतका कुरा पत्ता लगाउन विस्तृतमा अनुसन्धान सुरु गरिएको छ मोरङ प्रहरीका डिएसपी ज्ञानेन्द्रबहादुर वस्नेतले बताए।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट