एमाले सांसद रेखा शर्माका विषयमा बालेनले फेसवुकमा लेखेको स्ट्याटस सरकारले हटायो !

काठमाण्डौं– काठमाण्डौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आईतबार फेसबुक पेजमा लुम्बिनी प्रदेश सांसद रेखा शर्माको फोटो राखेर बालशोषण गरेको र उनलाई पक्राउ गर्नुपर्ने स्ट्याटस लेखे।

उनले लेखेका थिए ‘उहाँ हुनुहुन्छ नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मा, उहाँले विगत ८ वर्षदेखि बन्दी बनाएर एक जना नाबालिकालाई घरेलु कामदारको नाममा हिंसा गर्दै आउनुभएको छ, दैनिक रूपमा कुटपिट गर्दै आउनु भएको छ। काठमाडौँ महानगरले विगत २ महिनादेखि कारबाही अगाडि बढाउनु भन्दा पनि यो सरकारले समाएको छैन। अदालतले पनि मुद्दा चलाऊ भनेर भनिसकेको छ। सम्माननीय प्रधानमन्त्री खड्गप्रसाद ओलीज्यू, सुशासन भनेको अदालतले नि समाऊ भनेको तपाईंको सांसद रेखा शर्मा जसलाई बाल शोषण गरेको मुद्दा छ समाउनलाई भन्दछ। सायद तपाईंको लागि सुशासनको अर्थ सो बालिकाको मृत्युपछि गोहीको आँसु चुहाएर फेसबुकमा समवेदना दिँदै एक लाख घोषणा गर्नु नै होला। कहिले समाउने? कि नसमाउने?’

मेयर साहले यो स्ट्याटस एक्स (ट्वीटर)मा पनि राखे। उनको यो स्ट्याटसले निकै चर्चा पायो। अर्कोतर्फ, नेकपा एमालेका नेता कार्यकतर्धाले भने उक्त स्ट्याट्स चर्को विरोध गरे। तर, मंगलबार फेजवुक पेजबाट उनको त्यो स्ट्याटस हटेको छ। उनले किन स्टाटस हटाए भन्ने खुलिसकेको छैन। यद्यपी एक्समा भने स्ट्याटस यथावतै छ।

फेसवुक पेजबाट स्ट्याटस हटेपछि बालेन्नद्रको पनि निकै आलोचना भयो। सोचविचार नगरी स्ट्याटस लेख्ने अनि दबाब थेग्न नसकेपछि डिलिट गर्ने गरेको भन्दै उनको आलोचना भयो। यसअघि गत वर्षको भदौमा उनले सिंह दरबार जलाउँछु भन्दै लेखेको स्ट्याटस पनि सुटुक्क हटाएका थिए।

तर, मेयर साहले भने उक्त स्ट्याटस हट्नुमा सरकारको हात रहेको बताएका छन्। आफ्नो पोष्ट हटाइएकोमा आपत्ति जनाउँदै उनले कि आफूलाई समात्न वा दोषीलाई पक्रन सरकारलाई चुनौती दिएका छन्।

उनले लेखेका छन्, ‘पोष्ट उडाउने हैन, दोषी समाउ सरकार। म गलत हो भने मलाई समाउ, हैन भने दोषी समाउ।’

सांसद शर्माले बालिकालाई ०७५ वैशाखमा काठमाडौं ल्याएकी थिइन्। कक्षा २ देखि ७ सम्म उनकै घरम बसेर पढेकी बालिकालाई कुटपिट गरेको उजुरीपछि महानगरले उद्धार गरेको बताउँदै आएको छ। बालिका अहिले महानगरकै संरक्षणमा छिन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट