सिरहामा अज्ञात समुहद्वारा लुटपाट, १२ वजे खवर पाएको छिमेकको प्रहरी ४ वजे पुग्यो

लहान — सिरहामा गएराती अज्ञात समुहले लुटपाट मच्चाएको छ। गोलबजार नगरपालिका–१ मुक्सार बैहिरीवानमा घरका मानिसलाई कुटपिट गर्दै लुटपाट गरिएको हो।

राती करिव १२ बजे १२–१५ जनाको समूहमा आएका लुटेराहरूले स्थानीय जागेश्वर रामको घरबाट करिव १५ हजार नगद, मोवाईल, सुन र चाँदीका गहना लुटेर लगेका छन्। लुटेरा समूहले आफूलाई कुटपिट समेत गरेको जागेश्वरले बताए।

घटनालगत्तै उनले मुक्सारमै रहेको प्रहरी चौकीमा फोन गरेका थिए। तर, प्रहरी विहान ४ बजे मात्रै पुगेको थियो। इलाका प्रहरी कार्यालय, गोलबजारले भने लुटपाट नभई सामान्य चोरी मात्र भएको बताए।

घट्नाको अनुसन्धान भइरहेको गोलबजारका इन्स्पेक्टर सुनिल कार्कीले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट