विराटनगरमा १० मा पढ्ने छात्राले विद्यालयको दोस्रो तलाबाट हामफालिन, नोवेलमा उपचार हुँदै

विराटनगर– मोरङको विराटनगरमा १० कक्षामा अध्ययनरत एक छात्रा विद्यालयको दुई तलामाथिबाट हामफालेर घाईते भएकी छिन्।

विराटनगर महानगरपालिका–३ स्थित पोखरिया माध्यमिक विद्यालयकी छात्रा १६ वर्षीया सङ्गीता मुर्मुले आज दिउँसो करिब ३ बजे स्कुलको दोस्रो तलाबाट हाम फालेकी हुन।

भुँईमा वजारिएर घाइते भएकी उनलाई उपचारका लागि नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको छ। उनले किन हाम फालिन भन्ने खुलेको छैन।

तर, विद्यालयका शिक्षकहरुले भने उनी मानसिक तनावमा रहेको बताएका छन्। थप कुरा उनीहरुले पनि बताएका छैनन्। ‘कक्षा १० का विद्यार्थीहरूलाई आज शिक्षा सम्वन्धि नाटक देखाउन झोराहाटस्थित नाटक घर लगिएको थियो। उनीसहित तीन जना छात्राहरू विद्यालयमै थिए’ एक शिक्षकले भने–‘उनले अरुको आँखा छलेर हामफालिछिन्।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट