झाडापखालाबाट २ बालबालिकासहित ४ जनाको मृत्यु, १२ जना सिकिस्त

काठमाण्डौं– बाँकेको नरैनापुर गाउँपालिका–३, गेगलीमा झाडापखालाबाट ४ जनाको मृत्यु भएको छ। बिगत केही दिनदेखि फैलिएको झाडापखालाबाट उनीहरुको मृत्यु भएको हो। गाउँमा अझै पनि १२ जना झाडापखालाबाट बिरामी छन्।

झाडापखालाबाट हरिराम पासीकी श्रीमती २५ वर्षीया रुसा र उनकी छोरी डेढ वर्षीया नन्दनी, सोही ठाउँका मोहन लाल पासीकी श्रीमती ६० वर्षीया शान्ति र सखावत अलिका १० वर्षका छोरा युसुफको मृत्यु भएको गाउँपालिका उपाध्यक्ष जयन्तीदेवी श्रीवास्तले जानकारी दिइन्।

नरैनापुर गाउँपालिकाको स्वास्थ्य शाखाले झाडापखाला फैलिएको गाउँमै पुगेर बिरामीको उपचार सुरु गरेको जनाएको छ। स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार साहले के कारणले झाडापखाला फैलियो भन्ने पुष्टि नभएको बताए।

यद्यपी, गर्मी र दूषित पानीको कारण झाडापखाला फैलिएको आशंका गरिएको छ। झाडापखाला फैलिएको ठाउँ भारतसँग सीमा जोडिएको गाउँ हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट