महिला डाक्टरको बलात्कार र हत्याः पोलिग्राफ परिक्षणमा आरोपीले भने– ‘सेमिनार हलमा पहिलै डाक्टरको शव थियो’

काठमाण्डौं– भारतको कोलकातास्थित आरजी कर मेडिकल कलेजकी प्रशिक्षार्थी डाक्टर ३१ वर्षीया मौमिता देवनाथको बलात्कारपछि हत्या भएको घट्नामा ट्वीष्ट आएको छ। हालसम्म घट्नाका मुख्य अभियुक्त ठानिएका सञ्जय रोयको पोलिग्राफ टेस्टमा उनी घट्नामा संलग्न नभएको पुष्टि भएको छ।

टाइम्स अफ इन्डियाको रिपोर्टका अनुसार पोलिग्राफ टेस्टमा उनले घट्ना भएको (अगस्ट ८) राति आफु गल्तीले सेमिनार कोठामा पुगेको सीबीआईलाई बताएका छन्। २५ अगस्तमा सीबीआईले केन्द्रीय फोरेन्सिक टोलीको सहयोगमा कोलकाताको प्रेसिडेन्सी जेलमा आरोपित रोयको पोलिग्राफ परीक्षण गराएको थियो।

अभियुक्तका अनुसार एक जना बिरामीको अवस्था नाजुक थियो। उनलाई अक्सिजन चाहिएको थियो र उनी डाक्टरलाई खोजिरहेका थिए। त्यसैक्रममा उनी तेस्रो तलाको सेमिनार कोठामा पुगेका थिए। उनका अनुसार प्रशिक्षार्थी डाक्टरको शव पहिलै देखि त्यहीँ थियो। उनले डाक्टरको शरीरलाई हल्लाए, तर कुनै चाल थिएन। जसका कारण आफू डराएको र बाहिर भागेको उनको भनाई छ।

यसैक्रममा कुनै चीजसँग ठोक्किँदा आफ्नो ब्लुटुथ उपकरण त्यहीँ खसेको रोयको जिकिर छ। आरोपितले प्रशिक्षार्थी डाक्टरलाई पहिले नचिनेको पनि दाबी गरेका छन्। घटना भएको दिन अस्पतालको गेटमा सुरक्षाकर्मी नभएको र कसैले नरोकेको पनि उनले बताए ।

सीबीआईले उनीसँग करिब ३ घण्टा सोधपुछ गरेका थिए। उनीसहित हालसम्म १० जनाको पोलिग्राफ परीक्षण भइसकेको छ। जसमा आरजी कारका पूर्व प्रधानाध्यापक सन्दीप घोष, एएसआई अनुप दत्त, ४ जना सह चिकित्सक, एक स्वयंसेवी र दुई जना गार्ड रहेका छन्।

मौमिता को शव ९ अगस्तको बिहान फेला परेको थियो। त्यसपछि देशभरका चिकित्सकहरू सडकमा उत्रिएका थिए। सर्वोच्च अदालतको पुनरावेदनपछि धेरै अस्पतालका चिकित्सकले हडताल रद्द गरेका छन् तर, बंगालमा विरोध प्रदर्शन जारी छ।

कोलकाता उच्च अदालतको आदेशमा सीबीआईले यस मुद्दाको अनुसन्धान गरिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट