एक महिनाभित्र अमेरिकामा ३ नेपालीको मृत्युः कसैको हत्या, कोही वेपत्ता

काठमाण्डौं– विभिन्न प्रयोजनका लागि अमेरिका पुगेका नेपालीहरु मध्ये विगत १ महिनामा ३ जनाको मृत्यु भएको छ।

पछिल्लो पटक अमेरिकाको मेरील्यान्डमा बस्दै आएका ४७ वर्षी शान्तलाल प्रधान मृत भेटिएका छन्। पर्वत घर भएका प्रधानलाई मंगलबार (२७ अगस्त) मा मृत फेला पारिएको हो।

गणित शिक्षक रहेका प्रधान सन् २०१५ मा अमेरिका पुगेका थिए भने ब्यापारका सिलसिलामा सन् २०२२ देखि मेरिल्याण्डमा थिए। प्रधानका पत्नीका साथै एक छोरी र एक छोरा रहेका छन्।

यसअघि अमेरिकाको टेक्सास स्थित ह्युस्टन शहरमा २१ वर्षीया मुना पाण्डेको हत्या भएको थियो। १० भदौमा आफ्नै कोठामा उनी मृत फेला परेका थिईन। भोजपुर घर भएकी पाण्डेलाई ह्युस्टनको हिलक्रप्ट नजिकैको अपार्टमेन्टमा गोली हानिएको थियो। उनको हत्या गरेको आरोपमा भारतीय मुलका अमेरिकन नागरिक ५१ वर्षीय बबीसिंह साह पक्राउ परेका छन्।

सन् २०२१ मा स्नातक तह अध्ययनका लागि अमेरिका गएकी मुना स्थानीय एक मोवाईल स्टोरमा काम गर्दै ह्युस्टन कम्युनिटी कलेजमा नर्सिङ अध्ययनरत थिइन्।

यसअघि अमेरिकाको भर्जिनिया स्थित यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा रेजिस्टर्ड नर्सका रूपमा कार्यरत नेपाली नर्स २८ वर्षीया ममता काफ्लेको उनकै पति ३७ वर्षीय नरेश भाट (भट्ट) ले हत्या गरेका छन्। उनको शव अझै फेला परेको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट