ममता काफ्ले वेपत्ता प्रकरणः यस्ता छन् बाथरुम र कार्पेटमा रगत लागेका तस्वीर (फोटो फिचर)

काठमाण्डौं– अमेरिकाको भर्जिनियास्थित मनासस पार्कबाट सम्पर्कविहीन भएकी नेपाली नर्स २८ वर्षीया ममता काफ्लेको घरभित्रका केही तस्वीरहरु सार्वजनिक भएका छन्। अदालतमा पेश भएका यी फोटाले काफ्लेलाई उनका श्रीमान् नरेश भट्टले हत्या गरेको पुष्टि गर्न वल पुर्याएको छ।

मनसास पार्क प्रहरीले नरेश भट्टलाई ममताको बेपत्तामा संलग्न भएको आरोपमा थुनामा राखेको छ। अदालतमा भएको सुनवाइका क्रममा अभियोजन पक्षले प्रस्तुत गरेका तस्वीरहरुमा भट्टको घरभित्र कार्पेट र बाथरुममा रगतका टाटाहरु देखिएका छन।

ममता १५ साउनमा सम्पर्कविहीन भएकी थिइन्। घरमा भारी मात्रामा रगत फेला परेपछि ७ भदौमा नरेशलाई पक्राउ गरिएको थियो। अनुशन्धानकर्ताहरुले आफनो जागिर अवधिमा यति धेरै परिमाणमा रगत कहिँ नदेखेको वताएका छन्।

अदालतमा अभियोजन पक्षले नरेशले श्रीमतीको मृत्युपछि कति समयपछि विवाह गर्न सकिन्छ भनेर गुगलमा सर्च गरेको पनि पत्ता लागेको बताएका छन्। ममता बेपत्ता भएपछि नरेशले आफ्नो कार बिक्री गरेको र घर पनि बिक्री गर्न खोजेको प्रमाण फेला परेको छ। उनले आफनो र छोरीको सामान प्याक गरेर पासपोर्ट समेत रेडि अवस्थामा रखेको पनि अदालतमा रेडर्क गराईएको छ।

ममता र नरेशबीच सामाजिक सञ्जालबाट चिनजान भएर ४ वर्षअघि विवाह भएको थियो। ममताका बुबा कमलका अनुसार नरेशको परिवारले विवाहकै क्रममा दाईजोको विषयमा विवाद गरेको खुलेको छ। सोही विवाद कारण ममताले घरमा हिंसा सहनु परेको थियो।

ममता र नरशेकी १ वर्षको छोरी (निमा) छिन्। छोरी जन्मिएपछि सुत्केरी स्याहार्न गएकी सासु र नरेशले मिलेर कुटपिट गरेको पनि खुलेको छ। त्यस विषयमा एक पटक प्रहरीलाई घरमै वोलाएर ममताले उजुरी गरेकी थिईन।

उनी श्रीमानसँग सम्बन्धविच्छेदको बारेमा सोचिरहेकी थिइन्। ममताको खोजी कार्य जारी छ भने नरेशलाई थुनामै राख्ने आदेश दिइएको छ। अदालतले नरेशलाई समाजका लागि खतरा हुन सक्ने र भाग्न सक्ने भन्दै थुनामा राख्ने आदेश दिएको छ।

मानसस पार्कका प्रहरी प्रमुख मारियो लूगोले अनुशन्धानमा नयाँ तथ्यहरु फेला परेका र अनुशन्धान आशाजनक रहेको बताएका छन्। प्रहरी प्रमुख लूगोले भनेका छन्–‘हामीले थप सवुतहरु फेला पारेका छौं। ति सवुत के हुन भन्ने विषय तत्काल खुलाउन नमिले पनि हामी अनुशन्धानमा प्रगतिमा छौं।’

ममताकी छोरी निमाको रेखदेखका लागि ममताका आमा र दाइ अमेरिका गएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट