अस्पतालको तेस्रो तलाबाट हामफालेकी क्यान्सर पीडित महिलाको मृत्यु

काठमाण्डौं— ललितपुर महानगरपालिका–२८ हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालको तेस्रो तलाबाट हाम फालेकी एक जना क्यान्सर पीडित महिलाको मृत्यु भएको छ।

काठमाडौं महानगरपालिका–८ की ६४ वर्षीया पुनमाया तामाङको उपचारका क्रममा आईतबार मृत्यु भएको हो। गत २४ साउनमा अस्पताल भर्ना भएकी उनी थाइराइडको क्यान्सरको उपचार गराइरहेकी थिईन।

उनी शनिबार अस्पतालको ‘ए’ ब्लकको तेस्रो तलाबाट हाम फालेकी थिइन्। त्यसपछि गम्भीर घाइते भएकी उनको सोही अस्पतालको आईसीयूमा उपचार भइरहेको थियो। उपचारकै क्रममा आईतबार विहान उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट