अमेरिकामा मारिएकी ममता काफ्लेको शव सिग्नल हिल पार्कमा गाडिएको संकेत प्रहरीले भेट्टायो

काठमाण्डौं– अमेरिकाको भर्जिनियाँमा बेपत्तापछि हत्या गरेको अनुमान गरिएकी २८ वर्षीया नेपाली नर्स ममता काफ्लेको शव सिग्नल हिल पार्कमा गाडिएको संकेत मिलेको छ।

मनासास पार्क प्रहरी र प्रिन्स विलियम काउन्टीको खोज तथा उद्धार टोलीले शुक्रबार राति सिग्नल हिल पार्कमा शवको खोजी गरेको छ। प्रहरीले खोजीका क्रममा उनलाई पार्कमा पुर्‍याएको सूचना प्राप्त भएको जनाएको छ।

भट्टले ममताको शवलाई उक्त पार्क पुर्र्याएर कतै गाडेको हुन सक्ने आशंका गरिएको छ। श्रीमती बेपत्ता पारेको र शव लुकाएको अभियोगमा उनका पति नरेशदत्त भाट (नरेश भट्ट) प्रहरी हिरासतमा छन्।

अदालतका कागजातहरूमा प्रहरीले ममताको हत्या भईसकेको उल्लेख गरेको छ। घरमै रगतको आहाल फेला पारेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट