नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का साढे १२ लाख भारुमा विक्री

काठमाण्डौं– नेपाल क्रिकेट संघ (क्यान) का सचिव तथा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का साढे १२ लाख भारुमा विक्रि भएका छन्। भारतमा हुने लेजेण्ड्स क्रिकेट लिगका लागि गुजरात टिमले पारसलाई उक्त रकममा खरिद गरेको हो।

बिहीबार भएको अक्सनमा उनलाई गुजरात टिमले साढे १२ लाख भारुको बोली लगाएको हो। सक्रिय खेल जीवनबाट अवकाश लिएका खेलाडीहरुले खेल्ने लिजेण्ड्स क्रिकेट लिगमा ४ वटा फ्रेन्चाइज क्लबहरु छन्।

जसमा इन्डिया क्यापिटल्स, गुजरात जाइन्टस्, भिलवारा किङ्स र मणिपाल टाइगर्स छन्। यो प्रतियोगिता सेप्टेम्बर २० देखि भारतमा हुनेछ। प्रतियोगितामा गुजरातसहित इन्डियन क्यापिटल्स, भीलवाडा किंग्स, मनिपाल टाइगर्स, साउदर्न सुपरस्टार र अर्बानराइजर्स हैदरावादले भाग लिनेछन्।

६ टोलीबीच जम्मा २५ खेल हुनेछन्। लिग चरणको शीर्ष स्थानमा रहने दुई टोलीबीच अक्टोबर १६ मा फाइनल हुनेछ। सबै टोलीमा भारतका तथा अरु देशका पूर्व क्रिकेटरको जमघट छ। नेपालका पारस खड्का आबद्ध गुजरातमा अफगानिस्तानका पूर्व कप्तान असगर अफगान, लिन्डल सिमोन्स, क्रिस गेल लगायत खेलाडी छन्।

यसअघि, कतारमा आयोजित लिगको पहिलो संस्करणमा पारस एसियन लायन्समा आबद्ध भएका थिए।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट