प्रचण्डलाई गगनको चेतावनीः नेता देशबाट भाग्ने अवस्था आए तपाई पनि खुमलटारमा सुत्न पाउनु हुन्न

काठमाण्डौं– नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पूर्वप्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई ‘सामाजिक विष्फोट’ उत्पन्न हुने अभिब्यक्ति नदिन र संयमित भएर बोल्न चेतावनी दिएका छन्।

बिहीबार प्रतिनिधिसभाको विशेष समयमा सांसद थापाले पुष्पकमल दाहालले देश बंगलादेश, श्रीलंका होला भन्दा आफूलाई असह्य भएको उल्लेख गर्दै यस्तो चेतावनी दिएका हुन। दाहाले आफनो अभिब्यक्तिमा आत्मसमीक्षा गर्नुपर्ने थापाको भनाई छ।

‘धर्म–पापमा विश्वास नगर्ने भएकाले श्राप दिएको त पक्कै होइन होला ! तर्साउन खोज्नु भएको होला।’ भन्दै नेता थापाले नेपाली नेताहरु बंगलादेशकी शेख हसिनाझैं भाग्ने अवस्था आए प्रचण्ड मात्रै चैनले खुमलटालमा सुत्न नपाउने बताए।

‘सामाजिक विष्फोटहरु उत्पन्न हुने सम्भावना छन्, नभएका होइन, निराशा छ, उकुसमुकुस छ। तर हसिना शेखझैं नेपाली नेता कुनै कारणले भाग्ने दिन आयो भने प्रचण्ड मात्रै चैनले खुमलटारमा सुत्न पाउनुहुन्न।’– उनले भने।

आफ्नो विषय ठिक छन् भने लडेर सरकारलाई घुँटा टेकाउन चुनौती दिएका थापाले जिम्मेवार दलका जिम्मेवार नेताले संयमित भएर बोल्नुपर्ने तर्क गरे। ‘अपोजिसनले, त्यसमाथि पनि यत्रो वर्ष प्रधानमन्त्री भएर आएको जिम्मेवार दलको जिम्मेवार नेताले, जसले भोलि कुनै पनि बेलामा देशको जिम्मेवारी लिनुपर्ने पनि होला’ उनले भने–‘अपोजिसनमा बस्दै गर्दा पनि उ स्टेटको, सिस्टमको अपोजिसन होइन। सरकारको मात्रै अपोजिसन हो। उ सिस्टमको अंग हो।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट