अनलाईन खरिद गरेको कट्टु लगाउँदा महिला गर्भवती भएपछि…

काठमाण्डौं– चीनमा एउटा अनौठो घट्ना सार्वजनिक भएका छ। चीनको सबैभन्दा ठुलो अनलाइन सपिङ कम्पनी टाओबाओबाट खरिद गरेको कट्टु लगाउँदा आफनो छोरी गर्भवती भएको भन्दै गुनासो गरेकी छिन्।

ती महिलाले कट्टु बनाउने कम्पनीमा फोन गरेर गुनासो गरेकी थिईन। ती महिलाले कम्पनीले तयार पारेको कट्टु लगाएकै कारण आफनो छोरी गर्भवती भएको दाबी गरिन। उनले भनेकी थिईन–‘मेरो छोरी तिमीहरूको कट्टु लगाएपछि गर्भवती भएकी छिन्।’

कम्पनीको नाम खुलेको छैन। कम्पनीका कर्मचारीहरूले महिलाको दावी असत्य भएको पुष्टि गर्न सकेनन्। कुट्टु बाहेक अन्य तरिकाबाट आफ्नो छोरी गर्भवती हुनै नसक्ने अड्डी कसेपछि कर्मचारीले ‘कम्पनीमा महिला मात्र काम गर्ने र कम्पनीका मालिकले पनि परिवार नियोजन (नसबन्दी) गरिसकेको जवाफ दिएका थिए।’

उनीहरुले कट्टुलाई गर्भवती सार्ने माध्यमको रूपमा प्रयोग गर्न नसकिने भन्दै महिलालाई बताए। तर, महिलाले यो कुरा सामाजिक सञ्जालमा शेयर गर्न सक्ने डर कर्मचारीलाई थियो। त्यसैले कम्पनीले नै ती महिलासँग भएको कुराकानी आफ्नो सामाजिक सञ्जालमा सार्वजनिक गरिदिएको थियो।

यो पोस्ट निकै भाइरल बनेको थियो। जसमा मानिसहरूले कमेन्ट ती महिलाकी छोरी कसरी गर्भवती बनिन् भन्ने विभिन्न सिद्धान्तहरू सुझाएका छन्। कम्पनीका सीईओले ती महिलालाई सम्पर्क गर्ने प्रयास पनि गरेका थिए।

तर, उनको फोन नम्बरबाट ती महिला मिडिया इन्फ्लुएन्सर रहेको खुलेको थियो। त्यसपछि आफूमा ध्यान आकर्षित गर्न उनले यस्तो हर्कत गरेको हुनसक्ने अनुमान लगाउँदै सीईओले उनीसँग सम्पर्क गरेनन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट