सुत्केरी अवस्थामै ममतामाथि नरेशका आमा छोराले कुटपिट गरेपछि घरमै पुगेको थियो प्रहरी

काठमाण्डौं– अमेरिकाको भर्जिनियाँमा मारिएकी नेपाली नर्स ममता काफ्ले माथि सुत्केरी अवस्थामै पति नरेश भट्ट र उनकी आमाले कुटपिट गरेको खुलेको छ। सुत्केरी स्याहार्न भनेर नेपालबाट अमेरिका पुगेकी सासु पार्वतीले छोरालाई उक्साएर दुवैले कुटपिट गरेको प्रहरी रकर्डले देखाएको छ।

ममता गत वर्ष ५ भदौमा सुत्केरी भएकी थिईन। उनको हेरचाह र स्याहारका लागि माइतीबाट आमा गीता अमेरिका जाने कुरा चलेको थियो। तर, नरेशकी आमा अमेरिका जाने भएपछि गीता रोकिएकी थिईन।

नरेशकी आमा पुगेकै वेलादेखि दम्पत्तिका बीचमा दरार आएको उनका आफन्त बताउँछन्। महिनावारीका बेला छाउपडी प्रथाका नाममा दुख दिएको र भोकभोकै काममा जानु परेको पनि खुलेको छ।

यतिमात्रै होईन, आमाछोरा मिलेर शारीरिक तथा मानसिक रुपमा यातना (घरेलु हिंसा) दिन थालेपछि गत फेब्रुअरी महिनाको तेस्रो सातातिर ममताले राज्य नै गुहार्नु परेको थियो। आफुमाथि कुटपिट भएको भन्दै उनले ९११ मा फोन गरेर प्रहरी बोलाएकी थिईन। प्रहरी उनको घरमा पुगेको पनि थियो। त्यस वेला उनले आफनो ग्रिन कार्ड पासपोर्ट लगायतका कागजपत्र पनि पतिले लुकाई दिएको रिपोर्ट गरेकी थिईन।

त्यसपछि केही समय ममता छुट्टै बसेको पनि सार्वजनिक भईसकेको छ। त्यस वेला सम्बन्धमा खटपट आएको भनेर नरेशले पनि आफ्ना साथीसँग कुरा गरेका थिए। ममताले सामाजिक सञ्जालमै घरमा सम्बन्ध विग्रिएको विषय लेखेकी थिईन। तर, पछि उक्त पोष्ट हटाएकी थिइन्।

नरेशसँगको सम्वन्धका कारण ‘डिप्रेशन’मा गएर ममताले काम पनि छोडेकी थिईन। उनले एक जना साथीसँग भीडीओ कुराकानी गर्ने क्रममा करिब ८ महिनाअघि काम छोडेको उल्लेख गर्दै योगा र मेडिटेसन गरेर निको भएको बताएकी छिन्।

सामाजिक सञ्जालमै सार्वजनिक भएको त्यो भीडीओमा आफु ठिक भएको महसुस गरेर पुनः जागिरमा फर्केको उनले बताएकी छिन्। उनले श्रीमानसँग सम्बन्ध नराम्रो भएकोमा पछि सुधार आएकोसमेत बताएकी थिइन्।

तर, यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा रेजिस्टर्ड नर्सका रूपमा कार्यरत २८ वर्षीया ममता १५ साउनमा अचानक सम्पर्क विहिन भईन। त्यस यता उनको अत्तोपत्तो छैन। प्रहरीले भने उनको हत्या भएको र घटनामा उनका पति ३७ वर्षीय नरेश भाट (भट्ट) संलग्न भएको दावी गरेको छ।

काभ्रेको पनौती –६, नमोबुद्धकी ममता र कञ्चनपुरको बेल्डाँडी गाउँपालिका– २ का नरेशले २५ मंसिर ०७७ मा लभ म्यारिज गरेका थिए। विवाहको ८ महिनापछि १० साउन ०७८ मा ममता पनि अमेरिका गएकी थिईन।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट