सिरहाका २ वित्तिय संस्थाको कार्यालयमा आगजनी, १० जना महिला पक्राउ

लहान — सिरहाको गोलबजार स्थित दुई वित्तिय संस्थाको कार्यालयमा आगजनी भएको छ।

गोलबजार नगरपालिका–७ स्थित सिर्जनशील लघुवित्त वित्तीय संस्था लिमिटेड र चोहर्वा स्थित जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको कार्यालयमा आगजनी गरिएको हो।

लघुवित्त संस्थाका पीडित परिवारद्वार मंगलबार दिउँसो ती कार्यालयका कागजात, कम्प्युटर, ल्यापटप, मोबाइलजस्ता उपकरणमा आगजनी गरेको जनाईएको छ।

दुई–तीनजना गरी ग्राहकजस्तै भएर कार्यालयमा छिरेका करिव करिब २० जना महिलाहरूको समूहले एक्कासी आगजनी गर्दा २ थान ल्यापटप र टेबलमा भएका सम्पूर्ण कागजात जलेको सिर्जनशील लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष राजकुमार श्रेष्ठले बताए।

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडमा २ वटा डेक्सटप कम्प्युटर कागजात नियन्त्रणमा लिएर जलाईएको छ। आगजनी घटनापछि यसको जिम्मा लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति नेपालले लिएको छ।

प्रहरीले आगलागीमा संलग्न रहेको आरोपमा १० जना महिलालाई मंगलबारै नियन्त्रणमा लिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट