मन्त्रीबाट खुस्किएको आक्रोशपूर्ण अभिब्यक्तिले रामकुमारीको हरिविजोक, माधव नेपालले नै उपाध्यक्षमा हराए!

काठमाण्डौं— ३ वर्षअघि पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमाले छोडेर नेकपा (एकिकृत समाजवादी) पार्टी दर्ता उनको भन्दा धेरै चर्चा नेतृ रामकुमार झाँक्रीको थियो। झण्डै पचास वर्ष आफैंले संघर्ष गरेर हुर्काएको पार्टी छोडेर नयाँ दल दर्ता गर्न नेपाल निर्वाचन आयोग पुगेका थिए।

आयोग कार्यालयमा भिडाभाड थियो। नेपाल गाडीबाट ओर्लिएर आयोगको भवनमा प्रवेश गर्दैगर्दा नेपाललाई भिडले घेर्यो। तर, उनै झाँक्रीले नेपाललाई हात समातेर डार्याउँदै आयोग कार्यालयमा पुर्याईन। त्यस वेलाको फोटो/भीडीओले सामाजिक सञ्जालमा निकै चर्चा पायो।

रामकुमारीले नेता नेपाललाई डोर्याएको यो दृष्यले ठुलो अर्थ राख्यो। कसैले यसलाई राजनीतिमा पुरानो पुस्तामाथि नयाँ पुस्ताको हस्तक्षेपको बिम्बको रुपमा टिप्पणी गरे भने कतिपयले पार्टी फुटाउने योजनाकार रुपमा चित्रण गरे। जसले जसरी विश्लेषण गरेपनि एमाले फुटाएर वा त्यहाँ विद्रोह गरेर नयाँ पार्टी दर्ता गर्ने काममा केन्द्र भागमा झाँक्री थिईन।

तर, पार्टी दर्तापछि भने उनीहरुको सम्वन्ध सुमधुर रहन सकेन। असोज ०७८ मा शहरी विकास मन्त्री बनेकी झाँक्री अध्यक्ष नेपालसँगको असमझदारीकै कारण मन्त्रालयबाट फिर्ता हुनु परेको थियो। ३ असार ०७९ मा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रीमण्डल हेरफेर गर्न दबाब दिएर कोटेश्वरस्थित निवास फर्किएका नेपालसँग झाँक्रीको भनाभन नै भएको थियो।

८ महिना २० दिनमै मन्त्री पद गुमाउँनु पर्दा शहरी विकासमन्त्री झाँक्री मन्त्रालयबाट वाहिरिँदा रुँदै निस्किएकी थिईन। त्यसपछिको आक्रोश झाँक्रीका अभिब्यक्तिमा देखिन थाल्यो। विभिन्न अन्तर्वार्तामा नेपाल विरुद्ध अभिब्यक्ति दिन थालिन। सार्वजनिक स्थानमा हुने भेटमा पनि अध्यक्ष नेपाल र झाँक्रीको सम्वाद हुन छोडेको थियो।

नेपालले आफु निकटकाहरुसँग झाँक्री कहिलै पनि आफनो पक्षको नभएको र मन्त्रीका लागि आफुलाई साथ दिएर पार्टीमा आएको बताउन थाले। साउन ०७९ अन्तिम सातातिर त माधव नेपालले झाँक्रीलाई कुकर्मीसम्म भन्न भ्याए। ‘पद र पैसाको निम्ति जे पनि गर्ने प्रवृत्ति सुरु भएको छ। मैले पाइँन भनेर कुकर्म गर्न र गुटबन्दी गर्न थाल्छन्। अनेक षडयन्त्र र जालझेल गर्न थाल्छन्। यस्ता प्रवृत्ति नियन्त्रण हुनुपर्छ’ भन्दै नेपालले झाँक्रीलाई धारे हात लगाए। नेपालले कसैको नाम त लिएनन् तर उनको निशानामा झाँक्री नै थिईन।

३ भदौ ०७८ देखि ११ भदौ ०८१ सम्म आईपुग्दा स्थिती फेरिएको छ। नेकपा एसभित्र अध्यक्ष नेपाल र सचिव रहेकी नेतृ झाक्रीबीचको सम्वन्ध ‘३६’ को आँकडा जस्तै भएको छ। यता, आफैंले विऊ रोपेर र उमारेर यहाँसम्म ल्याई पु-याएको पार्टीमा रामकुमारी झाँक्री छितिजको घाम/जुन जस्तै देखिएकी छिन्। उनी पार्टीभित्र अस्ताउँनै लागेको अवस्थामा रहेको मंगलबार पदाधिकारी र पोलिटव्युरो सदस्यको चयनका लागि भएको निर्वाचन परिणामले देखाएको छ।

रामकुमारी महिला उपाध्यक्षमा जयन्ती राईसँग ८७ मत (राई १९९, झाँक्री ११२ मत ) ले पराजित भएकी छिन्।  त्यसमाथि रामकुमारीलाई हराउन अध्यक्ष नेपाल नै लागेको आरोप लागेको छ।

निर्वाचनका लागि मतदान भइरहेका बेला जिताउनुपर्ने व्यक्ति भन्दै नेपाल पक्षले लिस्ट बाँडेका थिए। जसमा रामकुमारी परिनन्। झाँक्रीको ठाउँमा जयन्ती राईलाई मत दिन भनिएको थियो। यसरी लिष्ट बाँडिएपछि मतदाता अलमलमा परे। केही नेताले सच्याएर अर्को लिस्ट पनि बाँडेको र त्यसमा झाँक्रीको नाम राखिएको थियो। अन्ततः अलमलको नतिजा रामकुमारीले पराजय भोग्नु पर्यो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट