ममताको हत्या प्रकरणमा वकिलले खोले नयाँ तथ्य, श्रीमती मरेपछि विवाह र ऋणका बारेमा ४ महिनाअघि नै बुझ्दै थिए नरेश

काठमाण्डौं– अमेरिकाको भर्जिनिया स्थित यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा रेजिस्टर्ड नर्सका रूपमा कार्यरत नेपाली नर्स २८ वर्षीया ममता काफ्लेको वेपत्ता र हत्या प्रकरणमा नयाँ तथ्यहरु बाहिर आएका छन।

ममताका हत्यारा भनिएका उनका पति ३७ वर्षीय नरेश भाट (भट्ट) लाई धरौटीमा छोडने/नछोड्ने भन्ने विषयमा सोमबार प्रिन्स विलियम जुभेनाइल एण्ड डोमेस्टिक रिलेशन डिस्ट्रिक्ट कोर्टको कोर्टरुम ६ मा भएको सुनुवाईका क्रममा यी तथ्य वाहिर आएका हुन।

सुनुवाईका क्रममा ममता काफ्लेको तर्फबाट वहस गरेका वकिलहरुले ‘यो घट्ना सुनियोजित हत्या भएको’ दावी गरे। नरेशले गत अप्रिल महिनामा आफ्नो अफिसको ल्यापटपबाट २ वटा विषय गुगल सर्च गरेको विषय वकिलहरुले त्यहाँ प्रश्तुत गरेर सवैलाई चकित पारेका थिए।

नरेशले ‘आफनो श्रीमान/श्रीमतीको मृत्यु भईसकेपछि अर्को विवाह गर्न कति समय कुर्नुपर्छ ? र श्रीमान/श्रीमती मरेपछि उसको नाममा रहेको ऋण के हुन्छ ?’ भनेर गुगल सर्च गरेकाले ममता हराउनु सामान्य कुरा नभएको उनीहरुको तर्क थियो। वकिलहरुले ममताको सुनियोजित रुपमा हत्या भएको र शव वेपत्ता पारिएको दावी गरे।

यी दुई विषयले नरेशले अर्को विवाह गर्न र श्रीमतीको नाममा लिएको ऋणबाट मुक्त हुन ममताको हत्या गरेको हुन सक्ने अनुमान लगाईएको छ। तर, यी दुवै विषयको थप विवरण तथा ममताको शवसमेत फेला परेको छैन।

यद्यपी, शव फेला नपरेका कारण प्रहरीले नरेशविरुद्ध औपचारिक रुपमा भने शव लुकाएको अभियोग मात्र लगाइएको छ। उनीविरुद्ध शव लुकाएको सम्बन्धमा छैठौं श्रेणीको अपराधको अभियोग लगाएको हो।

अभियोजकले नरेशले ३ भदौ (१९ अगस्त) मा आफ्नो टेस्ला (कार) बेचेको, आफनो र छोरीका सामान तथा पासपोर्टसहित सुटकेस प्याक गरेको र श्रीमती बेपत्ता भएपछि आफ्नो घर बेच्न खोजेको विवरणहरु अदालतमा पेश गरेका छन्। उनले भाग्ने प्रयास गरिरहेको अधिकारीहरुको दावी छ।

घरमा रगतका टाटा फेला पारेको र त्यो रगत ममताकै भएको प्रारम्भिक प्रतिवेदनमा खुलेको छ। विस्तृत प्रतिवेदन आउन बाँकी छ। नरेशले १५ साउन (३० जुलाई) मा तीनवटा चक्कु र सरसफाइका सामग्री फरक–फरक स्थानबाट खरिद गरेको तथा ती मध्ये २ वटा चक्कु फेला नपरेको विषय समेत अदालतमा प्रश्तुत भएको छ।

सरसफाईका सामाग्रीहरु अपराध स्थल सफा गर्न प्रयोग गरेको हुनसक्ने आशंका छ। अदालती कागजातमा १५ साउन (३० जुलाई २०२४) वा त्यसको आसपासमा नरेशले ममताको हत्या गरेको र घटना सिटी अफ मनासस पार्क हिथर कोर्टमा रहेको उनकै निवासमा भएको उल्लेख छ।

अनुसन्धानको क्रममा उनको मृत्युसँग मिल्दोजुल्दो डिजिटल र फोरेन्सिक प्रमाणहरूको पर्याप्त मात्रा बरामद भएको रिपोर्टमा जनाइएको छ। त्यस्तै शव घरभित्रै रहेको र घरबाट बाहिर घिसारेर निकालिएको प्रमाण भेटिएको पनि कागजातमा उल्लेख छ। अझ भयानक विषय भनेको ममताको शवलाई चक्कुको माद्यमबाट वाथरुममा टुक्रा पारेर पोको पारी घिस्याउँदै निकालिएको आशंका गरिएको छ।

नरेशले पुलिसलाई दिएको टाइमलाइन गलत प्रमाणित हुनुले पनि उनी हत्याको अभियुक्त हुन भन्ने कुरालाई बल दिएको छ। नरेशले मिडिया र सुरक्षा अधिकारीहरूलाई आफूले अन्तिम पटक ममतालाई १६ साउन (३१ जुलाई) मा देखेको बताएका थिए। तर, अदालतको कागजातले ममताको मृत्यु त्यसको अघिल्लो दिन १५ साउन (३० जुलाई) मै भएको हुनसक्ने देखाएको छ।

नरेशले आफ्नो बयान पनि पटक–पटक फेरेको अभियोजकहरुको भनाई छ। ममता बेपत्ता हुनु अघि नै उनको फोन नष्ट गरिएको खुलेको छ। फोनमा १७ साउन (१ अगस्त) सम्म म्यासेज र कलहरु गएको छ। त्यसपछि फोन अफ भएको अभियोजकहरुको भनाई छ। अनुसन्धानकर्ताका अनुशार उक्त फोन अन्तिम पटक लाउडन काउन्टीको टावरसँग जोडिएको थियो। सोही समयमा नरेशले आफु लाउडन काउन्टीको एउटा क्याफेमा भएको बताएका छन्।

नरेशले अहिलेसम्म हत्या र शव वेपत्ता पारेको आरोप स्वीकार गरेका छैनन्।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट