२ साताअघि अस्पतालमा जुम्ल्याहा बच्चा गुमाएका आमाबुबा बानेश्वरबाट पक्राउ

काठमाण्डौं– २ साताअघि काठमाण्डौंको बुढानिलकण्ठ नगरपालिका चुनिखेलस्थितस्थित करुणा अस्पतालमा जुम्ल्याहा बच्चा गुमाएका आमाबाबुलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।

चितवन घर भएका जुम्ल्याहा बच्चाका बुवा प्रदीप भट्ट र आमा विद्या राणालाई प्रहरीले आज बानेश्वरस्थित पानी ट्यांकी अगाडिबाट पक्राउ गरेको हो। अस्पतालले लापर्वाही गर्दा आफना बच्चाको मृत्यु भएको भन्दै प्रदर्शनमा उत्रिएपछि उनीहरु पक्राउ परेका हुन।

आफना बच्चाको मृत्यु भएको भन्दै प्रदीपका दम्पत्तिले छानबिनको माग गर्दै नेपाल मेडिकल काउन्सिल (एनएमसी)मा मुद्दा दर्ता गरेका थिए। अनुशन्धानका क्रममा काउन्सिलले ३० असारमा अस्पतालसँग सीसीटिभी फुटेजसमेत माग गरेको थियो। अस्पतालले सीसीटिभी फुटेज नरहेको जवाफ दिएको छ।

काउन्सिलको अनुशन्धान समेत टुङ्गामो नपुगेपछि उनीहरु प्रदर्शनमा उत्रिएका थिए। प्रहरीले भने निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै दुवैलाई पक्राउ गरेको हो। सामान्य सोधपुछ गरी उनीहरूलाई छोड्ने प्रहरीले जनाएको छ। गत असार अन्तिम साता अस्पतालमा उपचारका क्रममा उनीहरुका बच्चाको निधन भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट