पदयात्राका क्रममा दुई स्पेनिस पर्यटक २ दिनदेखि वेपत्ताः बाटोमा भेटिए झोला, छहरामा लाठी

काठमाण्डौं– चक्रीय अन्नपूर्ण पदमार्ग अन्तर्गतको प्रसिद्ध पर्यटकीयस्थल घोरेपानी पदयात्राका क्रममा दुई स्पेनिस पर्यटक आईतबारदेखि बेपत्ता छन्।

स्पेनिस नागरिक इरिक कासानोभास (पुरुष) र मोलास जुन्का मेसी (महिला) सम्पर्कविहीन भएका हुन। उनीहरु आईतबार कास्कीको अन्नपूर्ण गाउँपालिका–९ तिखेढुङ्गाबाट उल्लेरी हुँदै घोरेपानी जाने क्रममा थिए।

आईतबार साँझ भुरुङदी खोलाको पुल नजिक पर्यटकका २ वटा झोला बेवारिसे अवस्थामा बाटोमै भेटिएका थिए। सोमबार दिनभर खोजी गरेपनि उनीहरुको अवस्था पत्ता लाग्न सकेको छैन।

पुरानो बाटोबाट हिँड्दा उनीहरुलाई भुरुङदी खोलाले बगाएको हुनसक्ने अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङको अनुमान छ। उनीहरुले विरेठाँटीमा रहेको एक्यापको चेकपोस्टमा घोरेपानी जाने भनेर दर्ता गरेको खुलेको छ। एक्याप विरेठाँटी चेकपोष्टका प्रमुख यामबहादुर गुरुङले आइतबार बिहान उनीहरु चेकपोष्टमा आएको जानकारी निए।

उनले बाटोमा झोला राखेर छहरामा फोटो खिच्ने क्रममा खोलामा खसेर दुवै जना बेपत्ता भएको हुन सक्ने उनको आशंका छ। प्रवक्ता गुरुङका अनुसार पर्यटकको झोला भेटिएको ठाउँ नजिकै बाटोमा सुन्दर छहरा छ। त्यही छहरामा फोटो खिच्ने क्रममा लडेर खोलामा परेको हुन सक्ने उनले अनुमान लगाएका छन्। छहरामा दुई वटा स्टिक(लौरो) पनि भेटिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट