ममताको हत्यापछि घर बेचेर भाग्ने योजनामा थिए नरेश, मास्टर बेडरुममा भेटियो रगतको आहाल

राजविराज– अमेरिकामा बेपत्ता भएको भनिएकी २८ वर्षीया नेपाली नर्स ममता काफ्लेको हत्या पति नरेशको मास्टर बेडरुममै भएको निस्कर्षमा प्रहरी पुगेको छ। अनुशन्धानका क्रममा नरेशको बेडरुममा रगतको आहाल नै फेला परेपछि प्रहरी यो निस्कर्षमा पुगेको हो।

ममतालाई श्रीमानले नै हत्या गरेको भन्दै प्रहरीले सरकारी वकिलको कार्यालय मार्फत अदालतमा केही प्रमाणहरु बुझाउँदा यो कुरा पनि उल्लेख गरेको छ। प्रहरीले ब्लुस्टार प्रविधिको प्रयोग गर्दा घरको बेडरुम र अन्य विभिन्न स्थानमा रगतका टाटा भेटिएका छन्।

अनुसन्धानका क्रममा एक स्थानमा रगतको आहाल नै फेला परेको प्रहरीको दावी छ। प्रमाण नष्ट गर्ने क्रममा त्यहाँ पछि सफा गरेको पाइएको छ। ओछ्यान र कार्पेटमा गुलाबी दागहरु देखिएका थिए। ब्लुस्टार प्रविधिको जाँच गर्दा ति दाग पनि रगतको टाटा भएको खुलेको प्रहरीले उल्लेख गरेको छ। बाथटबमा पनि रगत भेटिएको छ।

प्रहरीको दावी अनुसार अनुसन्धानका क्रममा ममताको हत्यासँग जोडिएका पर्याप्त डिजिटल र फोरेन्सिक प्रमाण बरामद भएका छन्। प्रहरीले अदालतमा पेस गरेको कागजपत्रमा ममताको हत्या १५ साउन (३० जुलाई) मा घरभित्रै भएको र शवलाई घिसारेर घरबाट बाहिर निकालिएको प्रमाण भेटिएको उल्लेख छ।

तर, नरेशले ममताको हत्यापछि शव कहाँ लुकाएका छन् भन्ने अझै पत्ता लाग्न सकेको छैन। त्यसैले प्रहरीले हत्याको आधिकारिक पुष्टि पनि गरिसकेको छैन। यता, भट्टले १५ साउन (३० जुलाई) मै स्थानीय वालमार्टबाट ३ वटा चक्कु र सरसफाइका सामान किनेर ल्याएका थिए। ति मध्ये दुईवटा चक्कु प्रहरीले घरमा फेला पारेको छैन।

ममताको हत्यापछि उनी घर बेचेर भाग्ने योजनामा समेत रहेको खुलेको छ। तत्काल घर बिक्री गर्न दुई जनासँग कुरा पनि अघि बढाएको प्रहरीले पत्ता लगाएको छ। यही योजना अनुसार उनले ३ भदौ (१९ अगस्त) मा टेस्ला कार वेचेका थिए। तर, मनासस पार्क प्रहरीले ५ भदौ (२१ अगस्त) को बेलुकादेखि भट्टको घरलाई घेराबन्दी गर्दै १२ घण्टा खानतलासी गरेको थियो।

त्यसपछि शव लुकाएको आरोपमा प्रहरीले बिहीबार उनलाई पक्राउ गरी शुक्रबार बिहान ८ वजेर ३१ मिनेटमा प्रिन्स विलियम काउन्टी जुभेनाइल एन्ड डोमेस्टिक रिलेसन कोर्टमा पेश गरेको थियो। यो घटनाको सुनुवाइ अब ८ कात्तिकमा (२४ अक्टोबर) मा हुने बताइएको छ।

ममता गत साउन १६ (जुलाई ३१) देखि हराएकी हुन। उनी १८ साउन (२ अगस्ट) मा यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा हाजिर नभएपछि सहकर्मीले अवस्था बुझिदिन प्रहरीलाई खबर गरेका थिए।

प्रहरीले ममता सार्वजनिक स्थानमा पछिल्लो पटक १३ साउन (२८ जुलाई) मा यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा देखिएको जनाएको छ। १३ साउन (२८ जुलाई) मै उनले आफ्ना साथीसँग कुरा गरेको र १६ साउन (३१ जुलाई) मा श्रीमतीलाई अन्तिम पटक देखेको भट्टले प्रहरीलाई बयान दिएका थिए।

अन्तर्राष्ट्रिय सञ्चार माद्यमको सहयोगमा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट