सुत्केरीको मृत्यु भएपछि विराट शिक्षण अस्पतालमा तनावः मेनगेट वन्द, वाहिर आफन्तको प्रदर्शन

विराटनगर– मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा शुक्रबार साँझ एक सुत्केरीको मृत्यु भएपछि अवस्था तनावपूर्ण छ। अस्पताल तोडफोड हुनसक्ने आशंका वढेपछि प्रहरीको उपस्थित वढाईएको छ।

गत बिहीबार साँझ अस्पताल भर्ना भएकी सुनसरीको भोक्राहानरसिंह गाउँपालिका–२ की २५ वर्षीया सवना खातुनले शुक्रबार दिउँसो भ्याकुमको सहायताले छोरा जन्माएकी थिइन्। सुत्केरी हुनासाथ आमा र बच्चा दुवैको अवस्था विग्रिएको थियो।

साँझ ५ बजे आईसीयूमा भर्ना गरेर उपचार गर्दै गर्दा सवनाको मृत्यु भएको थियो। शिशुको अवस्था पनि गम्भिर छ। सवनाको मृत्यु चिकित्सकको मृत्यु भएपछि उनका आफन्तले चिकित्सकलाई दोस दिदै लापरबाहीका कारण मृत्यु भएको आराोप लगाए।

परिवारका सदस्य र आफन्तले होहल्ला र नाराबाजी गर्न थालेपछि अस्पतालको अवस्था तनावपूर्ण बनेको थियो। चिकित्सकलाई कारबाही हुनुपर्ने, मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, बच्चाको पालनपोषण गर्नुपर्ने र घटनाको छानबिन गरेर सत्यतथ्य पत्ता लगाउनुपर्ने माग गर्दै होहल्ला गरेपछि शनिबार छलफल गर्ने सहमति बनेको थियो।

तर, शनिबार बिहानै ५०/६० जनाको संख्यामा भेला भएका मृतकका आफन्तले होहल्ला गर्दै माग पुरा नभएसम्म शव नबुझ्ने अडान राखे। त्यसपछि अस्पतालको मुख्य गेट बन्द गरिएको छ। प्रहरीको उपस्थिती बाक्लो बनाईएको छ।

भेला भएकाहरूले बाहिरैबाट नाराबाजी गरिरहेका छन्। मोरङ प्रहरीका डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिए। समस्या समाधानका लागि मृतक पक्ष र अस्पताल प्रशासनबीच वार्ता भइरहेको पनि उनले बताए।

अस्पतालका संयोजक सुनील देवले उपचारमा लापरबाही नभएको बताए। भ्याकुमबाट प्रसूति गराउँदा एक्कासि मुटुमा समस्या आएको र तत्काल आईसीयूमा सारेर उपचार गर्दा गर्दै उनको मृत्यु भएको उनले वताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट