अमेरिकामा नेपाली नर्स वेपत्ता प्रकरणः २४ दिनपछि पति नरेश भट्ट पक्राउ

काठमाण्डौं— अमेरिकाको भर्जिनिया राज्यस्थित मनासस पार्कबाट २४ दिनदेखि बेपत्ता भएकी २८ वर्षीया नेपाली नर्स ममता काफ्लेका पति नरेश भट्टलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले यसअघि ममताको खोजीमा उनका पतिले सहयोग नगरेको जनाउँदै आएको थियो।

मनासस पार्क प्रहरी प्रमुख मारियो लुगोले बुधबार पत्रकार सम्मेलन गर्दै ममताका पतिले अनुसन्धानमा समन्वय नगरेको बताएका थिए। सोही दिन बेलुकादेखि भट्टको घरलाई घेराबन्दी गर्दै प्रहरीले १२ घण्टा खानतलासी गरेको थियो।

त्यसक्रममा घरलाई पहेंलो टेपले घेरिएको थियो भने मनासस पार्क र प्रिन्स विलियम काउन्टी प्रहरीका गाडी घरबाहिर राखिएका थिए। प्रहरीका अनुसार ममता हराएको घटनालाई लिएर १० स्थानमा खानतलासी गर्न वारेन्ट जारी गरिएको थियो। यसक्रममा १ सय जनाभन्दा बढीसँग सोधपुछ भइसकेको छ।

काभ्रेको पनौती स्थायी घर भएकी ममता भर्जिनियामा रजिस्टर्ड नर्स हुन। सन २०२१ देखि अमेरिकामा कार्यरत रहेकी उनी गत १६ साउन (जुलाई ३१) देखि वेपत्ता छिन्। उनी कार्यरत यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा २ अगस्तमा हाजिर नभएपछि खोजी सुरु भएको थियो। उनका सहकर्मीहरु स्थानीय प्रहरीको सम्पर्कमा पुगेर ममताको बारेमा आवश्यक खोजतलास गरिदिन आग्रह गरेका थिए।

त्यसको २ दिनपछि (साउन १८ गते) प्रहरी उनको घरमै पुगेको थियो। प्रहरीले उनका पतिसँग सोधपुछ गरेको थियो। नेपालीका अनुसार भट्ट दुई पटक अफगानिस्तान युद्धमा सहभागी भइसकेका अमेरिकी सेनाका अवकाश प्राप्त अधिकारी हुन।

उनी हाल ह्वाइट हाउसमा कार्यरत रहेको पाईएको छ। उनले ममता यसअघि पनि दुई–चार दिन सम्पर्कविहीन भएर पछि फर्कने गरेकाले यो सामान्य घटना भएको भन्दै प्रहरीलाई फर्काइ दिएका थिए। सुरुमा उनले प्रहरीमा उजुरी दिन समेत चाहेका थिएनन्। तर, अगस्ट ५ मा भने प्रहरी कार्यालय पुगेर खोजतलासका लागि निवेदन दिएका थिए।

त्यसपछि प्रहरीले अनुसन्धान थालेको थियो। उनीहरुका पति–पत्नीबीच राम्रो सम्बन्ध नभएका कारण ममताले साथीलाई छुट्टिने तयारी गरिरहेको बताउँदै आएकी थिईन। उनले सेपेरेटेड सिंगम डिभोस्ड मम फ्रम भर्जिनिया नामक फेसबुक पेजमासमेत यस विषयमा लेखेकी थिईन। ‘हाई, म ६ महिने बच्चाकी आमा हो। म श्रीमानसँग अलग हुन खोजिरहेको छु। म हप्ताको दुई दिन काम गर्छु। तर, मेरा श्रीमानले मलाई बच्चालाई हेर्न साथ दिएका छैनन्। म अलग भएपछि उनले बच्चालाई बाल कस्टडीमा राख्छु भन्छन् । के यो सम्भव छ ? मलाई बच्चाको हेरचाह गर्ने केन्द्रबारेमा सहयोग चाहियो। मलाई सामाजिक कार्यकर्ताबाट सहयाोग र केही सल्लाह चाहियो।’– उनले लेखेकी थिईन। हाल उनीहरुकी छोरी १ वर्षकी छिन्।

ममता हराएपछि उनका सहकर्मी तथा नेपाली समुदायले प्रहरी कार्यालयबाहिर धर्ना दिन थालेका थिए। धर्नामा सो क्षेत्रबाट निर्वाचित कंग्रेसम्यान र सिनेटर पनि सहभागी भएका थिए। प्रहरीले ममताको खोजीमा सहयोग गर्न भर्जिनिया र अन्य अमेरिकी प्रहरी एजेन्सीलाई समेत सूचित गरेको थियो।

पछिल्लो समय परिवार, साथी, रोजगारदातालगायतसँग उनको कम सम्पर्क रहेको तथा सामाजिक सञ्जाल प्रयोग पनि कम हुने गरेको प्रहरीले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। प्रहरीले ममतालाई सार्वजनिक स्थानमा पछिल्लो पटक जुलाई २८ मा यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा देखेको जनाएको छ।

जुलाई २८ मै ममताले आफ्नो साथीसँग कुरा गरेको पाइएको छ भने जुलाई ३१ मा श्रीमतीलाई अन्तिम पटक देखेको भट्टले प्रहरीलाई बताएका छन।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट