रोनाल्डोको युट्युब च्यानलमा १५ घण्टामै १ करोड २७ लाख सब्सक्राइबर

काठमाण्डौं – विश्वभर लोकप्रिय फुटबल स्टार क्रिस्टियानो रोनाल्डो युट्युवमा पनि जोडिएका छन्। उनको ‘यूआर क्रिस्टियानो’ नामक च्यानल बुधबारदेखि औपचारिक रुपमा सुरु भएको छ। जसले युट्युबमा नयाँ कीर्तिमान कायम गरेको छ।

च्यानल सुरु गरेपछि ९० मिनेटभित्रै उनले १० लाखभन्दा बढी सब्सक्राइबर प्राप्त गरे। जसले उनलाई युट्युबमा सबैभन्दा छिटो १ लाख सब्सक्राइबर पु¥याउने पहिलो व्यक्ति बनायो। ४ घण्टाभित्रै उनका सब्सक्राइबर ५० लाख नाघेका थिए।

रोनाल्डोको च्यानल सुरु भएको १५ घण्टामै उनीसँग १ करोड २७ लाखभन्दा बढी सब्सक्राइबर पुगेका छन। हाल उनको च्यानलमा १ करोड ४५ लाख सब्स्क्राईबर छन्। जसले उनलाई युट्युबको डायमन्ड बटनको लागि योग्य बनाएको छ। उनले १० लाख सब्सक्राइबर पुगेपछि पाउने गोल्डेन बटनसमेत पाइसकेका छन्।

हालसम्म उनको च्यानलमा १९ वटा विभिन्न भिडियो अपलोड भएका छन्, जसले लाखौँ भ्युज पाइसकेका छन्।

उसो त रोनाल्डो सामाजिक सञ्जालमा आफ्ना विशाल फलोअर्सका लागि प्रसिद्ध छन्। उनको एक्स एकाउण्टमा ११२ मिलियन, फेसबुकमा १७० मिलियन, र इन्स्टाग्राममा ६३६ मिलियन फलोअर्स छन्।

रियल म्याड्रिड र म्यानचेस्टर युनाइटेडका पूर्वखेलाडी रोनाल्डो हाल साउदी प्रोलिगमा अल नासरका लागि खेलिरहेका छन्। उनी आबद्ध अल नासरले बिहीबार अल राइदसँग प्रतिस्पर्धा गर्दैछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट