झापामा शिक्षकको कुटाईले कक्षा ६ की छात्रा अस्पताल भर्ना

दमक– झापाको शिवसताक्षी नगरपालिका– १० स्थित बाल निकुञ्ज माध्यमिक विद्यालयका शिक्षकले एक छात्रामाथि निर्घात कुटपिट गरेका छन्।

नेपाली विषयका शिक्षक हेतिराज निरौलाको कुटपिटबाट कक्षा ६ मा अध्ययनरत छात्रा अन्जली गुरुङ गम्भिर घाईते भएकी छिन्। निरौलाले पाईपले हिर्काउँदा उनको ढाडमा तीन वटा सुम्ला उठेका छन। घाईते छात्रालाई विद्यालयबाटै विर्तामोडस्थित विर्तासिटी अस्पतालमा लगेर भर्ना गरिएको छ।

विद्यार्थी अस्पताल भर्ना भएपछि कानुन व्यवसायी र शिक्षकहरूको छाता संगठन नेपाल शिक्षक महासंघ शिवसताक्षी नगर कमिटिका सचिवसमेत रहेका निरौलाले आफूबाट गम्भीर गल्ती भएको जनाएका छन्। उनी विद्यार्थी भेट्न अस्पतालसमेत गएको जनाईएको छ। अन्य विद्यार्थीले दिएको जानकारी अनुसार निरौलाले क्लास वर्क दिएका थिए। तर, अन्जलीले क्लास वर्क गरिनन्।

किन नगरेको भनेर सोध्दा आउँदैन भनेपछि निरौलले हातमा वोकेको पाईको लाठीले भटाभट ढाडमा हिर्काएका थिए। विद्यालयका प्रधानाध्यापक भवानी थापाले पनि शिक्षक निरौलाले गम्भिर गल्ति गरेको जनाए।

उनले घाइतेको उपचारमा शिक्षक निरौलाले नै खर्च गर्नुपर्ने वताए। अन्य विषय विद्यालय प्रशासन र विद्यालय व्यवस्थापन समितिको छलफलपछि मात्र निर्णय हुने उनको भनाई छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट