बायप्सी गर्दा मृत्यु भएकी सम्झनाको घट्ना अनुशन्धान गर्न समिति गठन, आफन्तले वुझे शव

चितवन– पाठेघरमा पलाएको मासुको बायप्सी गर्न भरतपुर अस्पताल भर्ना भएकी नवलपुरको गैँडाकोट ५ की ३९ वर्षीया सम्झना काफ्लेको मंगलबार राती मृत्यु भएको घट्नाले बुधबार निकैवेर भरतपुर अस्पतालमा खैलावैला भयो।

भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.कृष्णप्रसाद पौडेलकाअनुसार काफ्ले सोमबार पाठेघरको मासुको जाँचको लागि वायप्सी गर्न भरतपुर अस्पताल भर्ना भएकी थिईन। मंगलबार सामान्य शल्यक्रिया गर्ने भनिए पनि एनेस्थेसिया लगाएपछि नै उनको मुटुमा समस्या देखियो। राति बायोप्सीका लागि दुरबिनमार्फत काम सुरू गर्न लाग्दा नै उनको मृत्यु भएको डा. पौडेलले बताए।

त्यसपछि चिकित्सकको लापरबाहीका कारण सम्झनाको मृत्यु भएको आफन्तले आरोप लगाए। उनीहरुले शव वुझ्नसमेत मानेन्। त्यसपछि घट्नाको छानविन गर्न समिति गठन गरिएको चितवनका सीडीओ इन्द्रदेव यादवले जानकारी दिए।

सीडीओ यादवकै अध्यक्षतामा वसेको बैठकले भरतपुर अस्पतालका सिनियर डाक्टर प्रकाश खतिवडाको संयोजकत्वमा नौ सदस्यीय सर्वपक्षीय छानबिन समिति गठन गरेको छ। समितिले ७ दिनभित्र प्रतिवेदन बुझाउने छ। छानविनमा गृह मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल मेडिकल काउन्सिललाई पनि अनुरोध गर्ने निर्णय बैठकले गरेको छ।

समिति गठन भएपछि मृतकका आफन्तले पनि शव बुझेको जनाईएको छ। मृतक सम्झनाका एक छोरा र एक छोरी छन्।

यो पनि,

पाठेघरको बायोप्सी निकाल्न खोज्दा एक महिलाको भरतपुर अस्पतालमा मृत्यु


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट