निवर्तमान मेयर र कार्यवाहक मेयरको स्वार्थमा प्रमुख प्रशासकीय अधिकृत र योजना अधिकृतको झण्डै कुटाकुट

राजविराज– गुदरी हटिया ठेक्काको विषयमा मंगलबार सप्तरीको राजविराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र योजना अधिकृतबीच झण्डै कुटाकुट भएको छ।

प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद गुरुङ्गले आफुखुसी (ब्यक्तिगत तजविजमा) हटियाका साना ब्यापारीसँग वट्टी उठाउन (राजश्व संकलन गर्न) जिम्मेवारी दिएपछि विवाद सुरु भएको थियो। कार्यवाह मेयर इसरत परविन मेयर गुरुङसहितका कर्मचारीको मिलेमतोमा जनप्रतिनिधिलाई जानकारी नै नदिई वार्षिक ४५ लाखमा हटिया ठेक्का लगाईएको थियो।

अघिल्लो वर्ष ६७ लाखमा ठेक्का लागेको हटिया यस वर्ष २२ लाख कम गरेर जिम्मा लगाएको थाहा पाएपछि त्यसलाई रद्द गरी पुनः ६७ लाखमै ठेक्का लगाईयो। यो ठेक्का पनि प्रमुख प्रशासकीय अधिकृत गुरुङले आफुखुसी राजविराज–७ का असोककुमार साहलाई दिए।

त्यसपछि निवर्तमान मेयर भिमराज यादवलगायतका ब्यक्तिहरु कार्यालयमा पुगेर डाक बढावढ गरेर हटिया ठेक्का लगाउन माग गरे। यसक्रममा भीमराजले ‘उपमेयरले जसो–जसो भन्यो उसै–उसै गरेको’ भन्दै गुरुङलाई हप्काए। यतिमात्रै होईन, उनले गुरुङलाई ‘कर्मचारी भएर कर्मचारीकै थान्कामा वस्न र मेयर नवन्न’ चेतावनी समेत दिए।

त्यसपछि गुरुङ र योजना अधिकृत मनोज यादवका बीचमा पनि भनाभन भयो। उनीहरु झण्डै कुटाकुटको अवस्थामा पुगेका थिए। तर, स्थिती सम्हालिएर दुर्घटना भने हुन नपाएको त्यहाँ उपस्थित कर्मचारीहरुले वताए।

अन्ततः तजविजमा लगाएको हटिया ठेक्का प्रमुख प्रशासकीय अधिकृत गुरुङ्गले मंगलबार नै रद्द गरेका छन्। डाक वढावढका आधारमा हटिया ठेक्का लगाउने सहमति भएपछि आज १ बजेका लागि सूचना जारी गरिएको जनाईएको छ।

श्रोतका अनुसार निवर्तमान मेयर यादव र कार्यबाहक मेयर परविनबीच स्वार्थ बाझिएकाले विवाद उत्पन्न भएको हो। निर्वतमान मेयर र कार्यबाहक मेयरले आफू अनुकुलका ठेकेदारलाई हटिया ठेक्का दिने अडान कायम राख्दा समस्या आएको स्रोतको दावी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट