छोरीको विवाह गर्ने वेलामा चतराका जमिन्दारसँग अभिनेत्री अरुणिमाको दोस्रो विवाह

काठमाण्डौं– लगभग छोरी विवाह गर्ने उमेरकी भएपछि अभिनेत्री अरुणिमा लम्सालले दोस्रो विवाह गरेकी छिन्। सुनसरीको चतरा घर भएका युवराज श्रेष्ठसँग सोमबार उनको विवाह भएको हो।

अरुणिमा र युवराजले केही दिनअघि सुनसरी जिल्ला अदालतमा कोर्ट म्यारिज गरेका थिए। त्यसपछि सोमबार काठमाडौँको बत्तिसपुतलीस्थित राम मन्दिरमा धार्मिक परम्परा अनुसार विवाह गरेका हुन् ।

युवराज कांग्रेसका  बराहक्षेत्र नगर कमिटीका उपसभापति तथा जमिनदार हुन्। उनी ब्यापारी समेत भएको जनाईएको छ। पारिवारिक सल्लाह अनुसार यी दुईले मागी बिवाह गरेको बताइएको छ।

अरुणिमाले यसअघि विराटनगरका अमित अर्यालसँग बिवाह गरेकी थिइन्। विवाहको करिव ६ वर्षपछि उनीहरुको छोरी (अक्षता लम्साल) को जन्म भएको थियो। उनी अहिले करिव १३ वर्षकी भएकी छिन्।

छोरीको जन्मसँगै अमित र अरुणिमा सन २०१५ मा अमेरिका गएका थिए। तर अमेरिका गएपछि उनीहरुको सम्बन्ध लामो समय टिक्न सकेन। श्रीमानले आवश्यकताभन्दा बढी हैकम जमाउन खोजेको र स्वतन्त्रता नपाएको भन्दै उनले सन् २०१७ मा डिभोर्स गरेकी थिइन्।

अरुणिमा ६० को दशकमा सर्वाधिक रुचाइएकी अभिनेत्री हुन्। उनका अभिमन्यु,अग्निज्वाला, भरोसा, धड्कन, मेरो प्यारो माइती घर लगायतका दुई दर्जन चलचित्र हिट छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट