रौतहटकी एक महिलामाथि सानेपाको डेरामा देवरसहित ३ जनाद्वारा बलात्कार प्रयास

काठमाण्डौ– ललितपुरको सानेपामा रौतहटकी एक महिलामाथि उनकै देवरसहितका ३ जनाले बलात्कारको प्रयास गरेको घट्ना सार्वजनिक भएको छ। ३१ असारमा भएको यो घट्ना प्रहरीमा जाहेरी दर्ता भएपछि सार्वजनिक भएको हो।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार महिलामाथि उनका देवर, रौतहटको विश्रामपुरका ३२ वर्षीय सचिन यादव र परोहा नगरपालिका–४ का २२ वर्षीय बिपुल यादवलले बलात्कार गर्ने प्रयास गरेका हुन।

महिलाले प्रहरीलाई दिएको जानकारी अनुसार उनी घरबाट ३१ असारको साँझ करिव ७ बजे सानेपा स्थित श्रीमानको कोठा (डेरा) मा पुगेकी थिईन। श्रीमान काममा गएका थिए भने कोठामा उनका देवर मात्रै थिए। उनी पुगेपछि कोठामा सचिन र बिपुल प्रवेश गरे। त्यसपछि उनीहरुले आफुमाथि बलात्कारको प्रयास गरेको उनको भनाई छ। त्यो कुकर्ममा आफनै देवरले समेत सहयोग गरेको महिलाले प्रहरीलाई बताएकी छिन्।

बलात्कारको प्रयास भएका बेला प्रतिकार गर्दा शरीरका विभिन्न भागमा चोटपटक समेत लागेको उनले बताएकी छिन्। घटना भएको एक महिना बितिसक्दा समेत प्रहरीले भने आरोपीहरुलाई पक्राउ नगरेको उनको गुनासो छ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शेखर खनालले भने पीडितको मेडिकल जाँच गरेर अनुशन्धान भईरहेको बताएका छन्। ६ साउनमै जबरजस्ती करणी उद्योगको कसुरमा जाहेरी दर्ता गरेर कानुनी प्रक्रिया अघि बढाइएको उनको भनाई छ। आरोपीतहरु फरार भएकाले खोजी भईरहेको खनालले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट