टर्कीको संसदमै सांसदहरुबीच हानाहान, भीडीओ भाईरल
काठमाण्डौं– नेपालका सांसदहरुका लागि तोडफोड गर्नु, बेल घेर्नु, ठेलाठेल गर्नु, हल्लाखल्ला खोल्नु, कपडा खोलेर अर्धनग्न हुन, मौनधारण गर्नु सामान्य हो। तर, अन्य देशमा पनि यस्ता खालका घट्ना कहिलेकाही हुने गरेका छन्।
टर्कीको संसदमा सांसदहरूबीच झडप भएको छ। जेलमा रहेका विपक्षी नेता क्यान अटालेको अवस्थाबारे छलफलका क्रममा सांसदहरूबीच झडप भएको हो। यो घटनाको भिडियो अहिले सामाजिक सञ्जालमा ‘भाइरल’ छ।
भिडियो फुटेजमा वामपन्थी टर्किस वर्कर्स पार्टी (टिआईपी) का सांसद अहमेट सिक मञ्चमा भाषण दिइरहेका बेला राष्ट्रपति रेसेप तैयप एर्दोगानको पार्टीका सांसद अल्पे ओजलानले उनीलाई थप्पड हानेको देखिन्छ।
त्यसपछि सिक भुइँमा लड्छन्। घटनापछि झडपको अवस्था निम्तियो। झडपपछि सुरक्षाकर्मीले भुइँमा रगतका थोपाहरू सफा गरिरहेको देखिन्छ। क्यान अटालेले यस वर्षको सुरुमा आफ्नो संसदीय सिट गुमाएका थिए।
उनलाई २०२२ मा १८ वर्षको जेल सजाय सुनाइएको थियो। उनले जेलबाटै चुनाव लडेका थिए।