गाउँमाथिका २ वटा पोखरी फुटेर थामेमा आएको थियो बाढी, थप २ पोखरी फुट्ने अवस्थामा (फोटो फिचर)

राजविराज– सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे स्थित थामेखोला र दुधकोशीमा शुक्रबार दिउँसो करिब दुई बजे आएको बाढीले विद्यालय, क्लिनिक र दर्जनवढि घर पूर्ण रुपमा क्षती गर्यो।

उक्त वाढी थामे गाउँमाथि रहेका दुईवटा पोखरी फुटेर आएको पुष्टि भएको छ। रक्षामन्त्री मानवीर राईसहितको अध्ययन टोलीले अझै २ वटा पोखरी उच्च जोखिममा रहेको जानकारी पनि दिएको छ। यसले दुधकोशी नदी तटीय क्षेत्रमा जोखिम कायम छ।

सीडीओ देवी पाण्डेले स–साना पाँचवटा ताल मध्ये दुईवटा फुटेको र अरु दुईवटा फुट्ने अवस्थामा देखिएको बताईन। उनका अनुसार एउटा पोखरी भने सुरक्षित छ। बाढीका कारण एउटा विद्यालय, एउटा किल्निक, ७ वटा घर र ५ वटा होटलमा पूर्णरुपमा क्षति भएको छ।

७ वटा घर अझै पूर्ण जोखिममा छन्। पानीको बहाव घट्दै गए पनि कटानको कारण माथिल्लो तटिय क्षेत्रमा जोखिम रहेको र तल्लो तटिय क्षेत्रमा कटानका कारण माप्य दुधकोशी गाउँपालिका–६ बोदेबहर बलेखाका ५ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ।

सोताङ गाउँपालिका–१ दिप्ली घाटस्थित पुरानो बेलिबृजको सामान निकालेर स्टोर गरी राखेको ठाउँबा बगाएको छ। माप्य दुधकोशी गाउँपालिका–१ अधेरीस्थित खुम्बु क्षेत्र जोड्ने दुधकोशी खोलाको पक्की पुल एकातर्फ भासिएको छ।

बाढीले खुम्बु पासाङल्हामु गाउँपालिका–३ जोर सल्लेमा खोलाको कटानले फाक्दिनदेखि नाम्चे जाने पैदल गोरेटो बाटो दुई ठाउँमा १/१ सय मिटर कटान गरी लगेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट