श्रीमानसँग खटपट भएपछि ११ महिनाकी छोरीसमेत छोडेर नेपाली नर्स अमेरिकामा वेपत्ता

काठमाण्डौं– अमेरिकाको भर्जिनिया राज्य स्थित एक अस्पतालमा कार्यरत नेपाली नर्स वेपत्ता भएकी छिन्। भर्जिनिया क्षेत्रको इनोभा फेयरफ्याक्स हस्टिपल क्याम्पस अन्तर्गतको प्रिन्स विलियम अस्पतालमा कार्यरत २८ वर्षीया नेपाली नर्स ममता काफ्ले भट्ट १६ साउन (जुलाई ३१) देखि वेपत्ता भएकी हुन।

सन २०२१ देखि अमेरिकामा कार्यरत ममता विलियम अस्पतालमा वालरोग नर्सको रुपमा कार्यरत रहेकी थिईन। ११ महिनाकी छोरीसमेत छोडेर सम्पर्कविहिन भएकी उनी अन्तिम पटक मनसास पार्कमा देखिएको जनाईएको छ। उनका श्रीमान नरेश भट्टले पनि ३१ जुलाईमा अन्तिम पटक देखेको बताएका छन्। तर, उनले ३ दिनपछि मात्र प्रहरीमा ममता बेपत्ता भएको खबर गरेका थिए।

मनसास पार्क पुलिस विभागले ममता बेपत्ता भएको धेरै समय भएकाले यसलाई शंकास्पद रुपमा लिएको छ। उनी हराएको १७ दिन वितेको छ। सामाजिक सञ्चाल अनुसार ममताको निकै लामो समयदेखि श्रीमानसँग खटपट भएको खुलेको छ। उनी एकल आमा समुहको सदस्य समेत रहेको खुलेको छ।

सेपेरेटेड सिंगम डिभोस्ड मम फ्रम भर्जिनिया नामक फेसबुक पेजमा केही समय अगाडि ममताले श्रीमानसँग खटपट भएको संकेत गरेकी थिइन्। ‘हाई, म ६ महिने बच्चाकी आमा हो। म श्रीमानसँग अलग हुन खोजिरहेको छु’ उनले लेखेकी थिईन–‘म हप्ताको दुई दिन काम गर्छु। तर, मेरा श्रीमानले मलाई बच्चालाई हेर्न साथ दिएका छैनन्। म अलग भएपछि उनले बच्चालाई बाल कस्टडीमा राख्छु भन्छन् । के यो सम्भव छ ? मलाई बच्चाको हेरचाह गर्ने केन्द्रबारेमा सहयोग चाहियो। मलाई सामाजिक कार्यकर्ताबाट सहयाोग र केही सल्लाह चाहियो।’

यो पोष्ट अनुसार ममताका श्रीमान–श्रीमतीबीच कम्तिमा पनि ६ महिना अघिदेखि सम्वन्ध विग्रिएको देखिएको छ। ममताको नेपालको ठेगाना भने खुलेको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट