गभर्नर अधिकारीको सुझावः बैंकिङ क्षेत्र विरुद्ध भ्रम फैलाउने दुर्गा प्रसाईँ जस्तालाई मुद्दा चलाउँ

काठमाण्डौं– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक र वित्तिय संस्था विरुद्ध अनर्गल प्रचार गर्दै हिँडेका दुर्गा प्रसाईंहरु जस्तालाई मुद्दा चलाउन सुझाव दिएका छन्। गभर्नर अधिकारीले कसैको नाम नलिई ‘बैंकबाट लिइएको ऋण नतिरौं’ भन्दै दुष्प्रचार गर्नेलाई बैंकिङ कसूरमा मुद्दा चलाउने कानुनी व्यवस्था गर्न सुझाव दिएका हुन।

शुक्रबार बसेको संसदको अर्थ समितिको बैठकमा गभर्नर अधिकारीले सामाजिक सञ्जाल र संगठित रुपमा भइरहेका बैंकिग क्षेत्रविरुद्धको गतिविधिलाई कारबाही गर्ने व्यवस्था आवश्यक भएको बताए। उल्लेख गरे। समितिको बैठकमा बैंकिङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयकमाथि छलफल गर्ने क्रममा गभर्नरको यस्तो धारणा आएको हो।

उनले बैंक र ऋणीलाई हेर्ने कानुन फरक हुनुपर्ने बताए। ऋणीसँगै बैंकर समेत जेल जाने स्थिति बनेको भन्दै बैंकिङ कसुर सम्बन्धी कानुन फरक–फरक बनाउनुपर्नेमा उनको जोड थियो। बैंकरले व्यवसाय चल्छ कि चल्दैन भनेर ऋण दिने निर्णय गर्दा बैंकको पैसा ऋणीले लैजाँदा पनि ऋणी र बैंकरलाई एकै ठाउँमा राखेर हेरिएको पनि उनले बताएका छन्।

बैंकरमाथि ऋणीले ऋण लिने समयमा मिलेमतोमा लिएको भने मात्रै बैंकरलाई पनि अनुसन्धान गर्नुपर्ने व्यवस्था राख्न उनले आग्रह गरे। ऋण दिएर किन आफूलाई जोखिममा पार्नु भन्दै काम गर्न बैंकरहरू डराइरहेको उनको भनाइ थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट