काभा वुमन्स च्यालेन्ज कपमा उत्कृष्ट प्रदर्शन गरेकी निरुता ठगुन्नाको वढुवा

काठमाण्डौं– काभा वुमन्स च्यालेन्ज कपमा उत्कृष्ट प्रदर्शन गरेकी सशस्त्र प्रहरी जवान निरुता ठगुन्नाको बढुवा भएको छ। नेपाली राष्ट्रिय महिला भलिबल टिममा रहेर देशका लागि खेलिरहेकी उनलाई सिपाहीबाट सहायक हवल्दारमा बढुवा गरिएको हो।

सशस्त्र प्रहरी बल नेपाल खेलकुद तथा शारिरीक सुगठन शिक्षालयका समादेशक सशस्त्र प्रहरीका एसएसपी रमेशकुमार पाण्डेले बुधबार ठगुन्नालाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। ०७६ सालमा एपीएफमा प्रवेश गरेकी उनले उत्कृष्ट खेल प्रदर्शनकै कारण बढुवा पाएकी हुन्।

त्यसअघि उनी ३ वर्ष त्रिभुवन आर्मी क्लबबाट खेलेकी थिइन्। २२औं सशस्त्र प्रहरी दिवस–२०७९को अवसरमा सरस्वती चौधरीलाई पनि सशस्त्र प्रहरी जवानबाट सशस्त्र प्रहरी सहायक हवल्दार पदमा पदोन्नति गरिएको थियो।

‘काभा वुमन्स भलिबल नेसन्स लिग–२०२४’ मा सहभागी भएका नेपाल एपीएफ क्लवका उनीसहित ३ जना महिला भलिबल खेलाडी सम्मानित भएका छन्। सशस्त्र प्रहरी सहायक हवल्दार सरस्वती चौधरी र सशस्त्र प्रहरी जवान कविता भट्टलाई पनि सम्मान गरिएको छ। प्रतियोगिता साउन १७ देखि २३ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा सम्पन्न भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट