बालेन्द्रसँग चुम्माचाटी गरेको ‘डिफफेक’ भीडीओ भाईरल भएपछि साइबर ब्युरोलाई सुनीता डंगोलको पत्र

काठमाण्डौं– मेयर बालेन्द्र साहसँग चुम्माचाटी गरेको ‘डिफफेक’ भीडीओ भाईरल भएपछि काठमाडौं महानगरपालिकाकी उपमेयर सुनीता डंगोलले नेपाल प्रहरीको साइबर ब्युरोलाई उजुरी गरेकी छिन्।

आफ्नो नाम जोडेर खोलिएका अनधिकृत सामाजिक सञ्जाल (फेसबूक पेज) हटाई त्यस्ता प्रयोगकर्तालाई आवश्यक कारबाही गर्न उपमेयर डङ्गोलले आग्रह गरेकी छिन्। डंगोलले ब्युरोलाई पत्र लेखेरै त्यस्ता पेज बन्द गर्न आग्रह गरेको उनको सचिवालयले बुधवार विज्ञप्तिमार्फत जनाएको छ।

यसअघि पनि आग्रह गरिएको भएपनि अहिलेसम्म बन्द नभएको र विभिन्न सामग्री प्रकाशन भइरहेको भन्दै डंगोलले पुनः ब्युरोलाई पत्र लेखेकी हुन्। ‘गत जेठ १३ र असार २५ गते केही फेसबूक पेजलाई बन्द गर्न पत्राचार गरेको तर अहिले पनि ती सामाजिक सञ्जाल प्रयोगमै रहेको पाइएको छ,’–पत्रमा भनिएको छ ।

एआई प्रविधिबाट तस्वीर र भिडियो एनिमेसन गरेर सामाजिक सञ्जालमा पोस्ट गरी आफ्नो चरित्रहत्या भइरहेको उपमेयर डंगोलको गुनासो छ। ‘एआई प्रविधिबाट फोटो तथा भिडियो एनिमेसन गरी सामाजिक सञ्जालहरूमा हाली व्यक्तिको चरित्रहत्या गर्नेसम्मका कार्य भइरहेको छ। यथासम्भव चाँडो अनुसन्धान गरी उक्त भिडियो, फोटो तथा समाचार हाटाइदिनुहुन र त्यस्ता गैरकानूनी ढंगबाट समाजमा गलत गतिविधि गर्नेलाई कानूनबमोजिम कारबाही गरी सहयोग गरिदिनुहुन पुनः अनुरोध गर्दछु ।’– पत्रमा उल्लेख छ।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट