शिक्षिकालाई हाजिर गराउने/नगराउने विवादमा मेयर र वडाध्यक्षको हानाहान

जनकपुर– बाराको जितपुरसिमरा उपमहानगरपालिकामा एक शिक्षिकालाई विद्यालयमा हाजिर गराउने की नगराउने भन्ने विषयमा विवाद हुँदा मेयर र वडा अध्यक्षबीच हानाहान भएको छ।

मेयर राजन पौडेल र वडा नम्बर–२ का अध्यक्ष धनबहादुर श्रेष्ठबीच विवाद वढ्दै जाँदा मंगलबार दिउँसो हानाहान भएको हो।

एक जनप्रतिनिधिका अनुसार सिमरामा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा हाजिर हुन आएकी शिक्षिका सीता अधिकारीलाई हाजिर गराउने की नगराउने भन्ने विषयमा पौडेल र श्रेष्ठबीच विद्यालयमै विवाद भएको थियो।

पौडेल अधिकारीलाई हाजिर गराउनु पर्ने पक्षमा र श्रेष्ठ हाजिर गराउन नहुने पक्षमा थिए। यही विवषयमा दुई जनाबीच विद्यालयमै विवाद भएको र हात हाताहालको अवस्था आएको वडा नम्बर–१६ का अध्यक्ष हरिदेव खरेल बताए।

हात हालाहालको अवस्था आएपछि शिक्षिका अधिकारीले हाजिर गर्न पाएकी छैनन्। मेयर पौडेल त्यसै फर्किएको जनाईएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट