काठमाण्डौंका मेयर र उपमेयर ‘डिफफेक’को शिकार, चुम्माचाटीको भीडीओ सामाजिक सञ्जालमा भाईरल
काठमाण्डौं– बलिउड कलाकारहरु ‘डिफफेक’ को निसानामा परेका समाचार सुनिरहेका बेला नेपालमै पनि यसको प्रयोग वढेको पाईएको छ। पछिल्लो पटक काठमाण्डौं महानगरपालिकाका मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोल ‘डिफफेक’को शिकार भएका छन्।
पछिल्ला केही दिनयता मेयर साह र उपमेयर डङ्गोलले सार्वजनिक स्थलमै चुम्वन गर्दै गरेको भीडीओ भाईरल भईरहेको छ। भीडीओमा मेयर साह र उपमेयर डङ्गोल विस्तारै चुम्बनसम्म पुगेको देख्न सकिन्छ।
झट्ट हेर्दा भीडीओ वास्तविक जस्तै लाग्छ। तर, नियालेर हेर्ने र भीडीओको अवस्थाको बारेमा विश्लेषण गर्ने हो भने यो एआई प्रविधिको दुरुपयोग गरि तयार गरिएको हो भन्ने प्रष्ट वुझन सकिन्छ।
पहिलो कुरा काठमाण्डौं महानगरपालिकाको मेयर र उपमेयर भईसकेका ब्यक्तिले हाम्रो देशको सामाजिक अवस्थालाई वेवास्ता नगरी सार्वजनिक स्थलमै चुम्माचाटी गरे होलान भनेर कल्पना नै गर्न सकिँदैन। किनकी दुवै जनाको पछाडि अन्य मानिसहरु पनि रहेको भीडीओमा स्पष्ट देखिन्छ।
यो भीडीओ हालै सम्पन्न काभा महिला भलिबल नेस्नल लिगको फाइनल खेलमा उपस्थित भएका बेला खिचिएको क्लिपलाई एआई प्रविधिको दुरुपयोग गरी तयार पारिएको अनुमान छ। उक्त खेलमा मेयर साह र उपमेयर डङ्गोल एकसाथ उपस्थित भएका थिए।
नेपाल र भारतबिच भएको फाइनल खेलकै क्रममा यो भीडीओ क्लिप लिईएको अनुमान छ। अर्को पक्ष भनेको भीडीओमा ‘लुमा’को वाटरमार्क छ। अर्थात् यो भीडीओ लुमा एआईको प्रयोग गरी तयार पारिएको हो।
यसैगरी, भीडीओमा चुम्बन गरेको दृश्यमा दुबै पात्रको अनुहार परिवर्तन भएको देखिन्छ भने हात र टाउकोको चाल पनि अस्वाभाविक देखिन्छ। यी तमाम पक्षलाई केलाउँने हो भने भीडीओ डिफफेक प्रविधिबाट तयार पारेको पुष्टि हुन्छ।
यो भीडीओ अहिले फेसवुक, टिकटक, ट्वीटर लगायतका सामाजिक सञ्जालमा भाईरल भईरहेको छ।