वैज्ञानिक अनुसन्धानबाट मंगलग्रहमा भेटियो पानीको भण्डार

काठमाण्डौं– लामो समयदेखि जारी वैज्ञानिक अनुसन्धानले मंगलग्रहमा पानी भण्डार फेला पारेको छ। अनुशन्धानमा मंगलग्रहको चट्टानको गहिराइमा तरल पानीको भण्डार भेटिएको वैज्ञानिकहरुले पुष्टि गरेका छन्।

वैज्ञानिकहरुले मंगलग्रहको चट्टानी बाहिरी क्रस्टको गहिराइमा पानीको भण्डार फेला पारेका हुन्। सन् २०१८ मा मंगलग्रहबाट फर्किएको नासाको मार्स इनसाइट ल्याण्डरको डाटाको नयाँ विश्लेषणबाट यो निष्कर्ष निकालिएको हो।

ल्यान्डरले सिस्मोमिटर बोकेको थियो। यसले मंगलग्रहको गहिराइबाट चार वर्षको कम्पन अर्थात् भूकम्पहरू रेकर्ड गरेको थियो। ती भूकम्पहरूको विश्लेषण र ग्रहको गति अनुसन्धानबाट तरल पानीको भूकम्पीय संकेतहरु भेटिएका हुन्।

मंगलग्रहको ध्रुवमा पानी जमेको र वायुमण्डलमा वाष्पको प्रमाण भए पनि ग्रहमा तरल पानी भेटिएको यो पहिलो पटक हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट