कपिल शर्माको ‘द ग्रेट इन्डियन कपिल शो’ को दोस्रो सिजन आउँदै

काठमाण्डौं– भारतीय कमेडियन कपिल शर्माको ‘द ग्रेट इन्डियन कपिल शो’ को दोस्रो सिजन आउने भएको छ। भारतीय मिडिया इन्डिया टुडेका अनुसार दोस्रो सिजनका लागि मंगलबारदेखि छायांकन समेत सुरु हुनेछ।

दोस्रो सिजनको पहिलो एपिसोडमा वेबसिरिज ‘फेबुलस लाइफ अफ बलिउड वाइभस’को कलाकारहरू ‘गेस्ट’ रहने भएका छन्। यो पटक पनि पहिलो सिजनका टिम रहने बताइएको छ। तर कहिलेबाट प्रसारण हुने भन्नेबारे टिमले छिट्टै खुलासा बुझिएको छ।

टीभीमा लोकप्रिय कपिलले ओटीटीमा आएपछि आलोचना खेप्नुपरेको थियो। केहीले शो फ्लप भएकाले १३ भाग गरेर बन्द गर्नु परेको टिप्पणी गरेका थिए। कपिलले यसबारेमा स्पष्टीकरण दिँदै १३ भागका लागि मात्रै सम्झौता भएको र चाँडै नयाँ सिजन ल्याउने जानकारी दिएका थिए।

७ वर्षको दुस्मनी बिर्सदै कपिल र सुनिल ग्रोवर पहिलो सिजनमा काम गरेका थिए। पहिलो सिजनको पहिलो एपिसोड ३० मार्चमा सार्वजनिक भएको थियो भने अन्तिम एपिसोड २२ जुन २०२४ मा सार्वजनिक भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट