सोनिया प्रधानमन्त्री नबन्नुको कारणबारे किताव लेखेर विवादमा परेका भारतका पूर्वविदेश मन्त्री सिंहको निधन

काठमाण्डौं–भारतका पूर्व विदेशमन्त्री नटवर सिंहको शनिबार राति निधन भएको छ।

लामो समयदेखि बिरामी परेका ९३ वर्षीय पूर्वविदेशमन्त्री सिंहको गुरुग्रामस्थित एक निजी अस्पतालमा निधन भएको हो।

भारतीय सञ्चारमाध्यम पीटीआईका अनुसार नटवर सिंहको अन्तिम संस्कार दिल्लीमा गरिने पारिवारिक स्रोतले जनाएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले सिंहको निधनमा शोक व्यक्त गरेका छन्।

पूर्वकांग्रेस सांसद र राज्यसभा सदस्य नटवर सिंह तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहको नेतृत्वमा रहेको यूपीए–१ सरकारको अवधिमा २००४–०५ को अवधिमा भारतका विदेशमन्त्री थिए।

सिंहलाई सन् १९८४ मा पद्मभूषण प्रदान गरिएको थियो। नटवर सिंहले आफ्नो पुस्तक ‘वन लाइफ इज नट इनफ’ मा सोनिया गान्धी प्रधानमन्त्री नबन्नुको कारण दिएका थिए। जसका कारण उनी निकै विवादमा तानिएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट