जँड्याहा उपसचिव आचार्यले धनगढी एयरपोर्टमै सिडिओ र प्रहरीलाई थर्काए

काठमाण्डौं– कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका उपसचिव दीपक आचार्यले शुक्रबार धनगढी विमानस्थलमा उपद्रो मच्चाएका छन्। अत्याधिक मादक पदार्थ सेवन गरी विमानस्थल कार्यालयमा पुगेका उनले सीडीओलाई समेत थर्काउँन बाँकी राखेनन्।

बुद्ध एयरलाइन्सको दिउँसो २ ः५५ को फ्लाइटबाट काठमाण्डौं जान धनगढी विमानस्थल कार्यालय पुगेका आचार्यलाई प्रहरीले रोकेको थियो। अत्यधिक मदिरा सेवन गरेको पाईएपछि एयरलाइन्सले उनलाई बोर्डिङ पास नै नदिई फर्काएको थियो।

‘तपाई फ्रेस भएर आउनुहोस्, अत्यधिक मदिरा सेवन गर्नुभएको छ। अर्काे फ्लाइटमा जानुहोला’ भन्दै कर्मचारीहरूले आचार्यलाई सम्झाएका थिए। त्यसपछि उनले कैलालीका सीडीओ धर्मेन्द्रकुमार मिश्रलाई विमानस्थलबाटै फोन गरेर गाली गरे भने १०० नम्बरमा फोन गरेर प्रहरीलाई समेत धर्काए।

आचार्यले फोनमै गाली गरेपछि सीडीओ मिश्र भने विमानस्थलमै पुगेका थिए। तर, आचार्य भने धनगढी फर्किसकेका थिए। लगत्तै उनले आचार्यलाई नियन्त्रणमा लिन प्रहरीलाई निर्देशन दिएका थिए। प्रहरीले नियन्त्रण गर्न खोज्दा भने उनले आफूबाट गल्ती भएको भन्दै माफी मागेको कैलालीका एसपी पदमबहादुर बिष्टले बताए। माफी मागेपछि आचार्यलाई छाडिएको एसपी बिष्टको भनाई छ।

आचार्य यसअघि कैलालीको घोडाघोडी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत थिए। उनी त्यहाँ पनि विवादित भएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट