पशुपति कोटीहोममा देवी प्रतिभा र देवी चन्द्रकलापछि अव आचार्य कृष्ण दमाईको चर्चा

काठमाण्डौं– पशुपतिनाथ मन्दिरमा जारी कोटी होममा दुई किशोरी बाचकपछि अव आचार्य कृष्ण दमाईको चर्चा सुरु भएको छ। कोटीहोममा पहिलो पटक दलित समुदायबाट आचार्य कृष्ण दमाई ब्यासमा पुगेको विषयले चर्चा पाउन थालेको छ।

विहिबार उनलाई महायज्ञस्थलमा निम्त्याएर स्वागत गरिएको थियो। उनी ब्यासमा आसिन भएईसकेका छन्। उनले ब्यासबाट सम्बोधन गर्ने कार्यक्रम छ। उनलाई स्वयंसेवकले दुबोको माला लगाइदिएका थिए।

महायज्ञका आयोजक विजय कृष्णमूर्तिले आज दोसल्ला ओढाएर व्यासमा राखेरका थिए। उदघोषकले ‘जन्मँदै कोही पनि ब्राह्मण हुँदैन। जसले भागवत अध्ययन गर्छ, सत्कर्म गर्छ, त्यही ब्राह्मण हो’ भन्दै उनलाई सम्मान प्रकट गरेका थिए।

नेपाल संस्कृत विश्वविद्यालय विद्यापीठ लालझुण्डी दाङबाट संस्कृत साहित्यमा आचार्य गरेका दमाईको घर बैतडी हो। यसअघि उनले कञ्चनपुरको शारदा विद्यापीठबाट संस्कृत विषयमा उत्तर माध्यमिक र शास्त्री उत्तिर्ण गरेका थिए।

दलित समुदायका आचार्य गर्ने कृष्ण पहिलो ब्यक्ति हुन। संस्कृतमा स्नातकोत्तर गरेर पनि आफूले रोजगारी पाउन नसकेको गुनासो दमाइले गर्द आएका छन।

यसअघि काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० ज्वानेटार घर भई भारतलाई कर्मथलो बनाएर आध्यात्मिक प्रवचन दिदै आएकी २३ वर्षीया ‘देवी प्रतिभा’ र काठमाण्डौं घर भई लण्डनमा वसेर नेपालको धर्म संस्कृतिलाई विस्तार गरिरहेकी कथावाचिका २६ वर्षीया चन्द्रकला सखी (सृष्टि अधिकारी) ले कोटीहोममा कथाबाचन गरेका थिए। प्रवचनकै कारण दुवै जना चर्चा र आलोचनाको केन्द्रमा रहेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट