‘पोर्न स्टार’को ट्यागले नछोडेपछि सन्नी लियोन चिन्तित

काठमाण्डौं– सन् २०१२ मा प्रदर्शनमा आएको फिल्म ‘जिस्म २’बाट बलिउडमा डेब्यू गरेकी नायिका सन्नी लियोनले आम दर्शक तथा नागरिकप्रति गुनासो गरेकी छिन्।

नयाँ परिचयका लागि पोर्नको दुनियाँबाट टाढिएर बलिउडमा प्रवेश गरेकी उनले पुरानै परिचयले पिछा नछोडेपछि यस्तो गुनासो गरेकी हुन। उनले ‘पोर्न’ भिडियो खेल्न छोडेको लगभग १५ वर्ष भइसकेको छ।

पुरानो कामलाई लिएर पोर्न स्टारको ट्याग लगाई रहनु आश्चर्य भएको उनको भनाई छ। १५ वर्षको अवधिमा उनले बलिउडमा आफूलाई सफल नायिकाका रुपमा भने स्थापित गरिसकेकी छन्। आधा दर्जनभन्दा बढी हिन्दी फिल्म र केही टेलिभिजन शोमा निर्णायकको भूमिकामा देखिएकी छन्। सन २०१९ मा रिलीज भएको नेपाली फिल्म पासवर्डमा पनि उनले अभिनय गरेकी छिन्।

बलिउडमा सन्नीको उपस्थिति अब बलियो छ। तर, बलिउडमा जमेको लामो समय हुँदा पनि पुरानो कामको परिचयले पिछा नछोडेको विषयमा भने उनले आश्चर्य प्रकट गरेकी छिन्। उक्त ट्यागबाट आफू टाढै रहन चाहेको उनले बताएकी छन्। ‘यो कुराले मलाई सताउँछ, तर म आफूलाई अगाडि बढाउने प्रयास गरिरहेकी छु।’– उनले भनेकी छिन्।

उनले दशकभन्दा पूरानो कामलाई लिएर अझै ‘पोर्न स्टार’को ट्याग लगाइदिनु चिन्ताजनक रहेको बताएकी छिन्। उनी भनिछन्, ‘अब एडल्ट इन्डस्ट्रीको हिस्सा म छैन। डेढ दशक नै भइसक्यो। तर मानिसहरूले अझै पनि मलाई जोडेर यसबारे चर्चा गर्नु अचम्मको कुरा हो।’ सुरुवाती दिनमा उक्त ट्याग लाग्नु सामान्य भए पनि अहिलेको अवस्थामा त्यही कुरा उचित नहुने उनको तर्क छ।

को हुन सन्नी लियोन ?
सन्नीको जन्म क्यानडा (सार्निया, ओन्टेरियो) मा एक सिख पञ्जाबी परिवारमा भएको हो। उनका पिताको जन्म तिब्बतमा भएको थियो, पछि दिल्लीमा बस्न थालेका हुन। सन्नीका बुबा पन्जाबी हुन भने आमा हिमाञ्चल प्रदेश रिमौरकी थिइन्। यही कारणले आमाबुबाले उनको नाम करनजित कौर राखेका थिए। उनको पुरा नाम ‘करनजीत कौर वोहरा’ हो। पासपोर्टमा पनि यही नाम छ। उनी १३ वर्षकी हुँदा उनको पूरै परिवार क्यानडनबाट अमेरिकाको क्यालिफोर्निया सरेका थिए।

करनजितले स्कुल लेबलको पढाइ पब्लिक स्कुलमा नगरेर आम क्याथलिक स्कुलमा पूरा गरेकी थिइन्। पब्लिक स्कूलमा सन्नी असुरक्षित हुने परिवारको चिन्ता थियो। त्यसपछि उनले नर्सिङ अध्ययन गरेकी थिइन्। उनी सन १९९९ मा हाईस्कुल सकेर कलेज भर्ना भएकी थिइन्।

भारतीय मूलुकी क्यानेडियन अभिनेत्री सन्नी सन् २०१५ मा भारतबाट गुगलमा सबैभन्दा बढी खोजिएको ब्यक्ति हुन। भारतीयहरूले गुगलमा उनलाई प्रधानमन्त्री नरेन्द्र मोदीलाई भन्दा बढी खोजेका थिए। कुनै बेला सन्नी एक सामान्य युवती थिइन्। अश्लिल चलचित्रमा काम गर्ने बारेमा उनले सोचेकी समेत थिइनन्। तर सन्नीका सपना भने धेरै ठूला थिए। उनलाई नाम कमाउनु थियो, पैसा कमाउनु थियो, यही कारण उनी अन्नतः अश्लिल चलचित्रकी नायिका बन्न पुगिन्।

किशोरावस्थामै उनले क्यालिफोर्नियामा रहेको एउटा अस्पतालमा भोलेन्टियर भएर काम गरिन्। सन् २००२ मा उनको जीवनको मोड पुरै बदलियो। एक दिन एकजना साथीले सन्नीलाई भनिन, ‘तिम्रो लुक यति राम्रो छ, ज्यान पनि खाइलाग्दो छ। तिमी मोडलिङ किन गर्दिनौ?’

साथीको प्रस्तावबारे सन्नीले एकान्तमा सोचिन्। कुरो ठिकै हो जस्तो लाग्यो। मोडलिङ गरेर नाम र दाम कमाउने लालसाले उनको मनमा डेरा जमायो। यहीबाट उनी करनजितबाट सन्नी लियोनको बाटोमा अगाडि बढिन। एकजना साथीले सन्नीलाई ‘ल्याड्स’ म्यागजिनका फेसन फोटोग्राफर सँग भेट गराइन्। ती फोटोग्राफरले सन्नीका अनेक पोजको तस्बिरमा खिचे। सन्नी मोडलिङमा डुब्दै गइन्।

मोडलिङ सुरु गरेको केही समयपछि उनलाई एडल्ट म्यागजिन ‘पेन्टहाउस’ ले फोटोसुटका लागि प्रस्ताव गर्याे। उनले भड्किलो पोजमा तस्बिरहरू खिचाइन्। त्यपछि उनलाई नग्न तस्बिरका निम्ति प्रस्तावको ओइरो आउन थाल्यो। नाम र दामका लागि उनले यस्ता प्रस्ताव क्रमशः स्वीकार्दै गइन्। म्यागजिनका लागि नग्न पोज दिँदा देश–विदेश घुम्न पाइने, कमाइ पनि राम्रै हुने र नाम पनि चल्ने देखेपछि उनले यसैलाई मूल पेसा बनाइन्।

सन् २००३ मा अमेरिकाको ‘पोर्न इन्डस्ट्री’ कै ठूलो हाउस विविड इन्टरटेनमेन्टले ३ वर्षका लागि अनुबन्धन हुन सन्नी समक्ष प्रस्ताव गर्यो। उनी त्यसलाई सहर्ष स्विकारेर ‘विविड इन्टरटेनमेन्ट’को ब्यानरमा बन्ने पोर्न फिल्महरूमा देखा पर्न थालिन्। अश्लिल चलचित्रमा आउने कुरा उनले आफैंले निर्णय गरेकी थिइन्। तर, अश्लिल चलचित्रमा गएको कुरा उनको परिवारलाई भने जानकारी थिएन।

आफूले अश्लिल चलचित्र खेल्न थालेको कुरा सन्नी स्वयम्ले परिवारका सदस्यलाई बताएकी थिइन्। सन्नीका कुरा सुनेपछि परिवारका सदस्य छाँगाबाट खसेजस्ता भए! सुरुमा त विश्वास नै गरेनन्। तर जव सन्नीको कुरा सत्य भएको थाहा भयो, उनीहरु सन्नीको अनुहार हेर्नसम्म चाहँदैन थिए। सुरुमा परिवारका सदस्य आफूसँग रिसाएको र आफूले सम्झाएपछि स्थिति सामान्य भएको बताएकी छिन्।

सन्नीले डेनियल वेबरसँग विवाह गरेकी छिन्। सन २०१८ देखि उनले एक बच्चालाई आफनो सन्तान बनाएर पालेकी छिन्। त्यसपछि उनले सेरोगेसी माद्यमबाट जम्ल्याहा सन्तान पाएकी छिन्। अहिले उनी ३ सन्तानकी आमा हुन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट