दाङमा रक्सीको नसामा रहेका युवकले वियरको वोतल फुटाएर सिसाका टुक्रा खाएपछि…
काठमाण्डौं– रक्सीको नसामा बियरको बोतल फुटाएर सिसाका टुक्रा खाएपछि दाङमा एक युवक मर्नु न बाँच्नुको अवस्थामा पुगेका छन्।
तुलसीपुर उपमहानगरपालिका–४, खाद्रेका २३ वर्षीय युवकले मंगलबार साँझ करिव साढे ७ बजे आफ्नै घरमा रक्सी आएपछि बियरको बोतल फुटाएर सिसाका टुक्रा खाएका हुन्।
लगत्तै उनी छटपटाउन थालेका थिए। तत्कालै उनलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि उनलाई बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा रिफर गरिएको छ।
अस्पतालका अनुसार सिसाका टुक्रा निलेका ती युवकको आन्द्रा र पेटमा समस्या देखिएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका इन्स्पेक्टर प्रकाश थापाले उनले सिसाका टुक्रा किन खाए भन्ने अनुशन्धान हुँन बाँकी छ।
प्रतिक्रिया
मर्न दिदा नि हुन्छ साला कुलङ्कारलाइ