इरानलाई सोझो सेटमा पराजित गर्दै नेपाल महिला भलिवलको फाईनलमा, भारतसँग टक्कर

काठमाण्डौं– इरानलाई सोझो सेटमा हराउँदै नेपाल काभा वुमन्स नेसन्स कपको सेमिफाइनलमा फाइनलमा पुगेको छ। मंगलबार घरेलु मैदानमा नेपालले इरानलाई ३–० को सेटमा हराएको हो।

यसअघि आइतबार इरानसँगै ३–२ को सेटमा नेपाल पराजित भएको थियो। मंगलबारको खेलामा भने नेपालले २५–२१, २८–२६ र २५–२० ले जितेको हो। नेपालले उपाधिका लागि भारतसँग खेल्ने छ। भारतले मंगलबार भएको पहिलो सेमिफाइनलमा श्रीलंकालाई हराएको थियो।

नेपाल र भारत यसअघि लिग चरणमा पनि भिडेका थिए जुन खेल घरेलु टोली नेपालले जितेको थियो। अन्तर्राष्ट्रिय महिला भलिबलमा भारतमाथि नेपालले पहिलोपटक जित हात पारेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट