सप्तरीमा बन्द इट्टाभट्टाका मुन्सी धानखेतमा मृत भेटिए
राजविराज– सप्तरीमा वन्द अवस्थामा रहेको इट्टाभट्टाको मुन्सी (म्यानेजर) का रुपमा कार्यरत सिरहाका एक ब्यक्ति मृत अवस्थामा फेला परेका छन्।
सिरहाको लहानका ४५ वर्षीय पवनकुमार कर्णको शव सप्तरीको छिन्नमस्ता गाउँपालिका–१, बरही वीरपुरनजिक धानखेतमा भेटिएको छ। शव भेटिएको स्थल राजविराज–कुनौली सडक छेउमै पर्छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका इन्स्पेक्टर अवधेश यादवकाका अनुसार बिहान करिव पौने ८ वजे स्थानीयले कर्णलाई मृत अवस्थामा देखेका थिए। उनीहरुले नै प्रहरीलाई खवर गरेका थिए। स्थानीयका अनुसार उनी नजिकै रहेको भट्टामा मुन्सीको रुपमा कार्यरत थिए।
इट्टाभट्टा बन्द रहेकाले हाल ३/४ जना कामदार मात्र त्यहाँ वस्दै आएका छन्।
प्रतिक्रिया