काभा नेसन्स लिगः नेपाललाई इरानविरुद्ध लिग चरणको बदला लिने अवसर

काठमाण्डौं– काभा महिला भलिबल नेसन्स कपको दोस्रो सेमिफाइनलमा आज नेपालले इरानसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल लिगको उपविजेता बन्दै तेस्रो स्थानमा रहेको इरानसँग सेमिफाइनल खेल्न लागेको हो।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा मंगलबारसाँझ सवा ५ बजे हुने दोस्रो सेमिफाइनल इरानसँग लिग चरणमा भोगेको हारको बदला लिने अवसर समेत हो।

आइतबार भएको लिग चरणको खेलमा नेपाल इरानसँग ३–२ को सेटमा पराजित भएको थियो। प्रतिस्पर्धात्मक खेलमा नेपालले सर्भिस र डिफेन्समा गल्ती गर्दा लिगमा नै पहिलो हार व्यहोरेको थियो।

इरान भने नेपालविरुद्ध लिग चरणकै नतिजा दोहोर्याउने प्रयासमा हुनेछ। आजै हुने पहिलो सेमिफाइनलमा भारत र श्रीलंका भिड्दैछन्। सो खेल दिउँसो ३ बजेपछि हुनेछ। तेस्रो जितसँगै भारत १० अंक सहित शीर्षस्थानमा छ।

९ अंक सहित नेपाल दोस्रो र ७ अंक भएको इरान तेस्रो स्थानमा छ। ४ अंक भएको श्रीलंका चौथो स्थानमा छ। अंंकबिहिन मालदिभ्स पाँचौ स्थानमा रहँदै लिगबाट बाहिरीसकेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट