जुवा र सट्टाबाजीको लतले मलाईका अरोरासँग अरबाजको सम्बन्ध बिच्छेद

काठमाण्डौं– सट्टाबाजी जुवाको लतमा परेपछि बलिउड अभिनेता अरबाज खानको श्रीमती मलाईका अरोरा खानसँग सम्बन्धि विच्छेद भएको खुलासा भएको छ। अरबाज आफैले यसको खुलासा गरेका हुन।

अरबाजले आफैंले एक अन्तर्वार्तामा जुवा र बाजीको लतमा आफु नराम्ररी फसेको खुलाएका छन्। एक समय अरबाज खान जुवा र बाजीको लतमा फसेका थिए। जसका कारण उनको वैवाहिक जीवन ध्वस्त भयो। ‘म ठुलो पैसा कमाउन चाहन्थे तर सबै गुमाएँ। आईपीएलमा करिब ५ वर्ष सट्टेबाजी गर्दा तीन वर्षभित्र २.७ करोड गुमाएको थिएँ।’

यति ठुलो रकम गुमाएकै कारण मलाइका आफुसँग अलग भएको यी अभिनेताले स्विकारेका छन्। तर अरबाजले आफ्नो बानी सुधारेर आज करोडौंको सम्पत्तिका मालिक भएका छन्। सम्बन्ध विच्छेद अघि अरवाजको ऋणको पैसा सम्बन्धित व्यक्तिहरुले मलाईकासँग माग्ने गर्थे। जसका कारण उनी दिक्क भएकी थिईन्। अरबाजको यो जुवा र बाजीका कारण मलाइकाले परिवारासँग निकै चिन्ता व्यक्त गरिन्। तर परिवारको कुरालाई समेत अरबाजले नसुनेपछि सन् २०१७ मा सम्बन्धविच्छेद गर्ने निर्णय गरेकी थिइन्।

आफ्नो यो खराब बानीलाई सुधार्न भाई सलमान खानले पनि निकै प्रयास गरेको अरबाजले बताएका छन्। कोभिडको महामारीपछि सबैतिर मन्दी छाएपछि अरबाजले पनि आफनो बानी सुधारे। सन ०२४ मा शुरा खानसँग विवाह गरेपछि उनी अहिले निकै खुसी छन्।

जीक्यूको रिपोर्टका अनुसार अहिले उनी ५ सय करोडको सम्पत्तिका मालिक हुन् । चलचित्रमा काम गर्नुका साथै निर्माण गरेर पनि राम्रै आम्दानी गर्छन् । साथै उनले एउटा चलचित्रका लागि १० देखि १५ करोड भारु लिन्छन्। उनले विज्ञापनबाट पनि राम्रो आम्दानी गरिरहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट