‘विहे कहिले गर्छस ?’ भन्दै सोधेर हैरान पारेपछि छिमेकीको हत्या !

काठमाण्डौं– हाम्रो समाजमा सामान्यतया औसत उमेर पार भएपछि अधिकांश युवा/युवतीलाई विवाहका बारेमा अनेक प्रश्न गरिन्छ। अविवाहितलाई भने त्यसको जवाफ दिँदादिँदै हैरान हुन्छ।

यस्तै प्रश्नले हैरान भएर इन्डोनेसियामा भने एक ४५ वर्षीय ब्यक्ति छिमेकीको हन्या नै गरिदिएका छन्। फ्री प्रेस जर्नलको रिपोर्टका अनुसार इन्डोनेसियाको सुमात्राका एक ४५ वर्षीय व्यक्ति छिमेकमै रहेका एक सेवानिवृत्त निजामती कर्मचारीको प्रश्नले हैरान थिए।

ती पुरुषलाई उनले बारम्बार विवाहको बारेमा प्रश्न सोध्ने गर्थे। बिहे कहिले गर्दै हुनुहुन्छ ? ४५ वर्षको उमेरमा पनि किन अविवाहित? यी प्रश्नको पिरले हैरान भएपछि ती व्यक्तिले छिमेकीको हत्या गरेको समाचारमा उल्लेख छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार यो घटना जुलाई २९ मा भएको हो। छिमेकीकी श्रीमतीले यसबारे प्रहरीलाई जानकारी गराएपछि घटना बाहिर आएको हो। आक्रमणकारीले घरको ढोका तोडेर आफ्नो श्रीमानको हत्या गरेको उनले बताएकी छन्। आक्रमणकारीलाई नियन्त्रणमा लिइएको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार ती व्यक्तिले वृद्धको प्रश्नले आफूलाई समस्या भएको प्रहरीलाई बयान दिएका छन्। प्रश्नबाट हैरान भएर आफुले यो कदम चालेको उनले बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट